असोज २ गते निर्वाचन हुने प्रदेश नम्वर दुईका अधिकांश जिल्लाको मतगणनाका समयमा मतपत्रको सुरक्षाका लागि विशेष तयारी गरिएको छ । मतगणनामा दलका प्रतिनिधिहरुलाई तारजाली बाहिर राखिने निर्वाचन अधिकृतहरुले बताएका छन् ।चुनावमा खटिएका प्रमुख निर्वाचन अधिकृतहरुले दलीय प्रतिनिधिहरुबीच हुन सक्ने विवादवाट मतपत्र असुरक्षित हुन सक्ने भन्दै तारजालीको प्रयोग गर्ने जनाएका हुन । धनुषा, सिरहा, सप्तरी, महोत्तरी र सर्लाहीका प्रमुख निर्वाचन अधिकृतले तारजाली प्रयोग गर्ने निर्णय गरिसकेका छ यता निर्वाचन आयोगले मतपत्रको सुरक्षाका लागि के के गर्ने भन्ने अधिकार मुख्य निर्वाचन अधिकृतलाई दिइएको जनाएको छ । पहिलो चरणको स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएपछि आयोग मतगणनामा चनाखो हुदै आएको छ ।
यो शक्तिशाली मन्त्रले फेर्छ तपाईंको भाग्य
मन्त्रमा अथाह शक्ति हुन्छ । मन्त्र जपेर नै संन्यासीहरूले देवताहरूबाट चाहिएजस्तो वरदान पाउँछन् । हामी यहाँ यस्तो शक्तिशाली मन्त्रका बारेमा बताउँदैछौं …Read More