आश्विन १, २०७४-फाइनलमा हङकङलाई हराउँदै नेपाल एसीसी यू१९ इस्टर्न रिजन प्रतियोगिताको विजेता बनेको छ । मलेसियामा भइरहेको प्रतियोगितामा आइतबार नेपाल विकेटले विजयी रहयो ।पहिलो ब्याटिङको निम्तो पाएको हंगकंग ३३ औं ओभरमा ७६ रनमै अलआउट भएको थियो । नेपालले पहिलो ओभरमै पेस बलर नन्दन यादवलाई चोटका कारण गुमाएको थियो । उनको स्थानमा बलिङ गरेका अनिल साहले त्यसै ओभरमा सफलता दिलाए । हंगकंगका लागि ओपनर हरप्रित सिंहले सर्वाधिक २० रन जोडे । कप्तान झाथावेदले १६ र वकास खानले १५ रङ बनाउनु बाहेक अन्य कसैले दोहोरो अंकमा रन बटुल्न सकेनन् । नेपालको लागि स्पिनर सन्दिप लामिछाने र साहब आलमले ३/३ विकेट लिए । दिपेन्द्र सिंह ऐरी र अनिल साहले पनि १/१ विकेट हात पारे । २ विकेट रनआउटमा गुमेको थियो । ७७ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ५ विकेट गुमाउँदै १५ औं ओभरमा लक्ष्य प्राप्त गर्यो । ओपनर आसिफ शेख १ रन जोड्दै तेस्रो ओभरमा आउट भए । अर्का ओपनर सन्दिप सुनारले १९ रन र अनिल साहले १६ रन जोडे । कप्तान दिपेन्द्र सिंह ऐरीले अर्वाधिक २२ रनको योगदान दिए । १९ रनमा अविजित रहेका प्रनित थापा मगरले लगातार २ छक्का प्रहार गर्दै नेपाललाई विजयी बनाएका थिए । हंगकंगका करनदिप सिंहले ३ तथा झाथावेदले २ विकेट लिए