असोज ११ गते बुधबारको मध्यरात १२ः५७ बजे बुध ग्रहले राशि परिवर्तन गर्दै छ । यो पटक यो ग्रह कन्या राशिमा प्रवेश गर्दै छ भने २८ असोजसम्म त्यहाँ रहने छ । त्यसपछि यो ग्रह तुला राशिमा जाने छ । तर यो ग्रहले राशि परिवर्तन गर्दाको प्रभाव कस्तो रहला ?
मेष राशि बुध ग्रहले राशि परिवर्तन गर्दा मेष राशि भएका व्यक्तिलाई धेरै फाइदा हुने देखिन्छ । विवाहको योग बन्ने छ भने नयाँ प्रेम सम्बन्ध स्थापित हुन सक्छ । साथै वैवाहिक जीवनमा पार्टनरको धेरै सहयोग प्राप्त हुनेछ भने आर्थिक स्थितिमा पनि सुधार आउने छ ।
वृष राशि बुध ग्रहले कन्या राशिमा प्रवेश गर्दा वृष राशि भएका व्यक्तिका लागि भने असुभ हुन सक्छ । फजुल खर्च बढ्नेछ भने महंगा वस्तुमा खर्च बढ्ने छ । यस्तै वृष राशि भएका महिला आफ्नो मेकअपमा धेरै खर्च गर्नेछन् ।
मिथुन राशि मिथुन राशि भएका व्यक्तिका लागि पनि बुध ग्रहको घर परिवर्तन असुभ रहने छ । मिथुन राशि भएका व्यक्तिलाई मानसिक तनाव बढ्ने छ भने काममा मन लाग्ने छैन ।
कर्कट राशि कर्कट राशि भएका व्यक्तिको जीवनमा केही ठूलो र महत्वपूर्ण परिवर्तन हुन सक्छ । यो वदलाव सुरुवातमा त्यति राम्रो त हुने छैन । तर विस्तारै यसले तपाईलाई फाइदा पुग्ने छ ।
सिंह राशि बुध ग्रहको गोचरले सिंह राशि भएका व्यक्तिलाई भने केही सफलता मिल्ने छ । काममा सफलता मिल्ने छ भने सोचेका कार्यहरु पनि पूरा हुनेछन् ।
कन्या राशि बुध राशिको घर पतिर्वन गरेर कन्या राशिमा नै आउने भएकाले यो राशि व्यक्तिका लागि भने अत्यन्तै शुभ रहने छ । तपाईको धर्म भावमा बुधको उपस्थिति रहने छ । भगवान विष्णुको उपासना गर्दा लाभ प्राप्त हुने ।
तुला राशि बुध ग्रहको राशि परिवर्तनले तुला राशि भएका व्यक्तिलाई त्यति राम्रो हुने छैन । साना साना समस्याका कारण तनाव थपिने छ ।
वृश्चिक राशि बुध ग्रहको गोचर वृश्चिक राशि भएका व्यक्तिलाई राम्रो रहने छ । साथीहरुबाट पूरा सहयोग मिल्ने छ । तर मानसिक रुपमा भने केही तनाव बढ्ने सम्भावना छ ।
धनु राशि बुधले घर परिवर्तन गर्दा धनु राशि भएका व्यक्तिलाई भने केही नराम्रो हुने देखिन्छ । प्राय प्रयासहरुमा सफलता मिल्ने छ भने शुरु गरिएका काम पनि पूर्ण हुने छैनन् ।
मकर राशि मकर राशि भएका व्यक्तिको नीजि जिन्दगी केही प्रभावित हुन सक्छ । सन्तानसँग केही तनाव आउन सक्छ ।
कुम्भ राशि बुध ग्रहको राशि परिवर्तन कुम्भ राशि भएका व्यक्तिका लागि पनि अशुभ संकेत ल्याएर आएको छ । काममा सफलता प्राप्त हुने छैन भने घर–परिवार र नीजि जीवनमा पनि समस्या थपिने छन् ।
मीन राशि मीन राशि भएका व्यक्तिलाई भने बुधको राशि परिवर्तन न त धेरै फाइदाजनक हुने छ न त धेरै नराम्रो हुने छ । तर यस दौरान यो राशि भएका व्यक्ति आफ्नो व्यवहारमा नम्रता ल्याउनु जरुरी छ । किनकी व्यवहारकै कारण कसैसँग झगडा पर्न सक्छ । -Lokaantar News