मनसुनी गतिविधि कमजोर रहेको र जलवाष्पयुक्त हावाको विकास हुन नसक्दा केही दिनयता मुलुकको तापक्रम एक्कासि वृद्धि भएको छ । आकासमा बादल सक्रिय नहँुदा बिहानैदेखि टण्टलापुर घाम लागेका कारण राजधानी काठमाडौँसहित देशभरको तापक्रम वृद्धि भएको छ । खासगरी पूर्वी तथा मध्य तराई क्षेत्रमा दुई दिनदेखि तातो बढेका कारण सर्वसाधारणलाई कठिनाइ भएको छ । ती स्थानबाट असाध्यै तातो भएको जिज्ञासा सर्वसाधारणले मौसम पूर्वानुमान महाशाखासँग गरेका छन् । मनसुन कमजोर भएसँगै बंगालको खाडी र अरबसागरबाट जलवाष्पयुक्त हावा आउन नसकेका कारण गर्मी बढेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।
“वर्षा गराउने जलबास्पयुक्त हावा कमजोर रुपमा आएकाले मनसुनी गतिविधि बढ्न सकेको छैन । अहिले नेपालको मनसुन पनि केही कमजोर छ एक÷दुई दिनपछि यो विस्तारै सक्रिय हुने सम्भावना छ,”–उहाँले भन्नुभयो । मौसमविद् कँडेलका अनुसार चर्को घाम लागे पनि आज अपरान्हपछि बदली भई थोरै स्थानमा वर्षात् हुनेछ, दिउँसो ताते पनि साँझपख मनसुनी गतिविधि बढ्नसक्ने र यो अवस्था अझै केही दिन जारी रहनेछ । यो वर्ष १२ जुन ९जेठ २९ गते० बाट नेपालमा मनसुन शुरु भएको थियो ।
सामान्यतः सेप्टेम्बर २६ ९असोज ८ गते० मनसुन सकिने भए पनि यो वर्ष केही लम्बिने सम्भावना रहेको मौसमविद्को आँकलन छ । चर्को घाम लागेकाले अधिकतम तापक्रम धेरै नबढे पनि गर्मी महसुस भएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज सबै भन्दा बढी विराटनगरमा ३५, भैरहवामा ३५, धनगढीमा ३३, दिपायलमा ३३ र नेपालगञ्जमा ३२ डिग्रिसेल्सियस रहेको छ । सबैभन्दा कम ओखलढुंगामा अधिकतम २३ रहेको छ । आज काठमाडाँैको अधिकतम २९ र न्यूनतम १८ डिग्रिसेल्सियस रहेको छ ।
मोरङमा एमालेले खाता खोल्यो असार १८, २०७४- मोरङको मिक्लाजुङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै जितेर एमालेले मोरङमा खाता खोलेको छ । अध्यक्षमा देवीप्रसाद आचार्यले ५ हजार २ सय २…Read More