यसै पनि बलिउड अभिनेता रितिक रोशन विभिन्न समस्याका कारण विवादमा आइरहन्छन् । आफ्नै श्रीमती सुजैनसँगको सम्बन्ध विच्छेद तथा कंगना रणावतसँगको विवादका कारण रितिकले चलचित्रका लागि समय दिन पाएका छैनन् । यसबाहेक रितिकले राम्रा ब्यानरका केही चलचित्र आफ्नै कारणले छाडेका समयमै निर्णय गर्न नसक्दा शुद्धि, ठग्स अफ हिन्दोस्तान, बजरंगी भाइजान आदि चलचित्र रितिकको हातबाट चिप्लिएका थिए । पछिल्लो समय रितिकलाई आनन्द कुमारको बायोपिकका लागि प्रस्ताव गरिएको थियो । सुपर ३० शीर्षकको उक्त चलचित्र विकास बहलले निर्माण गर्न लागेका हुन् । पटनाका आनन्द कुमारको जीवनीमा आधारित उक्त चलचित्रको कथा मन परे पनि रितिकले पारिश्रमिकमा चित्त नबुझाएको चर्च ठूलो पारिश्रमिक तथा नाफाको ५० प्रतिशत सेयर मागेकाले रितिकसँग निर्माताको कुरा नमिलेको बताइन्छ । यसबाहेक रितिकले उक्त चलचित्रको स्क्रिप्टमै परिवर्तन गरिनुपर्ने माग राखेका थिए । अहिले आएर चलचित्रका निर्माता–निर्देशकले रितिकको स्थानमा अक्षक कुमारलाई उक्त भूमिकामा प्रस्तुत गर्ने निर्णय गरेका छन्