एकाघरको परिवारका नाममा घर नहुने पूर्वराष्ट्रपतिलाई मासिक दुई लाख र अन्य पूर्वपदाधिकारीलाई मासिक ७५ हजार रुपैयाँ घर भाडा बापत उपलब्ध गराइने उल्लेख छ ।

भिडियो सहित हेर्नुहोस !
Advertisement
जीवनबहादुर शाही संयोजकत्वको उपसमितिले तयार पारेको प्रतिवेदनमा ‘पूर्वपदाधिकारी’ भन्नाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रिपरिषद्का अध्यक्ष, प्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष भई निवृत्त व्यक्ति बुझाइने उल्लेख छ । सो शब्दले संविधानसभाका सदस्य, व्यवस्थापिका–संसद्, प्रतिनिधिसभा र राष्ट्रियसभाका पूर्वसदस्य समेतलाई जनाउने उल्लेख छ । विधेयकको दफा ४ मा पूर्वपदाधिकारीलाई आवासको व्यवस्था नहुञ्जेल सरकारले काठमाडौ उपत्यकामा आफ्नो वा एकाघरको परिवारका नाममा घर नहुने पूर्वराष्ट्रपतिलाई मासिक दुई लाख र अन्य पूर्वपदाधिकारीलाई मासिक ७५ हजार रुपैयाँ घर भाडा बापत उपलब्ध गराइने उल्लेख छ । त्यसै गरी काठमाडौ उपत्यकामा घर हुने पूर्वराष्ट्रपतिलाई वार्षिक रुपमा एकमुष्ट दस लाख र अन्य पूर्वपदाधिकारीलाई वार्षिक रुपमा एकमुष्ट तीन लाख रुपैयाँ घर मर्मत सम्भार बापत उपलब्ध गराइने व्यवस्था छ । संविधानसभाका सदस्य, व्यवस्थापिका–संसद, प्रतिनिधिसभा र राष्ट्रियसभाका पूर्वसदस्यले भने कुनै सुविधा पाउने छैनन् । सुविधा पाउने पूर्वपदाधिकारीको मृत्यु भएमा निजले उपयोग गरेको सवारी साधन तीन महिनाभित्र सम्बन्धित निकायमा फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।  यस्तै, विधेयकको दफा ७ मा पूर्वसांसदलाई नि:शुल्क उपचारको व्यवस्था गरिने उल्लेख छ । संविधानसभाका सदस्यलाई सरकारले ‘संविधानसभा सदस्य’ उल्लेख भएको प्रतीक चिह्न उपलब्ध गराउने जनाइएको छ ।   

Related Posts: