मलेसिया, १ असोज- क्वालालम्पुरको जलान अम्पाङस्थित नेपाली दूतावासमा हतास मुद्रामा भेटिए, रोशन भट्ट । रावाङको एक कागजे झोला बनाउने कम्पनीमा पाँच वर्षदेखि कार्यरत उनी पछिल्ला दुई वर्षयता भने गैरकानुनी कामदारको हैसियतमा थिए । काठमाडौं बसुन्धरास्थित घरबाट बिरामी आमाले बारम्बार बोलाएपछि उनले मन थाम्न सकेनन् । त्यसैले फर्कन हतारिएका थिए । तर गैरकानुनी हैसियतमा भएकै कारण उनलाई घर फर्किन महँगो परिरहेको थियो । २६ सय रिंगिट अर्थात् नेपाली ६५ हजार नेपाली रुपैयाँ ‘दलाल’ को हातमा सुम्पेर घर फर्कने मेलोमेसो मिलाउँदै थिए उनी । भट्टले तिरेको पैसा ‘आवश्यक’ रकमभन्दा एक तिहाइले बढी हो, कान्तिपुरमा खबर छ ।
वैशाखयताको चार महिनामा मात्रै उनीजस्तै ६ हजार ६ सय ८३ गैरकानुनी हैसियतका नेपाली कामदारले ट्राभल डकुमेन्ट बनाएको दूतावासको रेकर्ड छ । अहिले ‘विधिसम्मत’ रूपमा प्रत्येक कामदारले घर फर्कंदा हवाई शुल्कसहित कम्तीमा २३ सय रिंगिट खर्च गर्नुपर्ने देखिन्छ । जसमा ट्राभल डकुमेन्टका लागि १ सय ६० रिंगिट, फोटोका लागि २० रिंगिट, घरफिर्ती प्रक्रियाका लागि मलेसिया सरकारले तोकेको कम्पनी हारफासेले लिने सेवा शुल्क ५ सय ५० रिंगिट, मलेसियाको अध्यागमन कार्यालयमा बुझाउनुपर्ने ४ सय रिंगिट र हवाई शुल्क समेटिएको हुन्छ ।
अहिले तोकिएकै नियमअनुसार पनि प्रत्येक कामदारबाट ‘दलाल’ ले औसतमा तीन सय रिंगिट बढी असुलेको देखिन्छ । अर्थात् पछिल्लो चार महिनामा मात्रै नेपाली कामदारबाट नेपाली ‘दलाल’हरूले ४ करोड ८१ लाख रुपैयाँ गैरकानुनी असुलेको देखिन्छ । मलेसियास्थित नेपाली राजदूत निरन्जनमान सिंह बस्न्यात नै भन्छन्, ‘एउटा नेपाली कामदारबाट एजेन्टले ४–५ सय रिंगिट कमिसन खाइरहेको देखिन्छ ।’
पछिल्ला महिनामा गैरकानुनी कामदारप्रति मलेसिया सरकारले कडा नीति अख्तियार गरेयता घर फर्कनेको संख्या बढदो छ । दूतावासले वैशाखमा मात्रै घर फर्कन चाहने गैरकानुनी हैसियतका नेपालीलाई १ हजार १ सय ३५ ट्राभल डकुमेन्ट जारी गरेको थियो । दूतावासले जेठमा १ हजार १ सय २१, असारमा १ हजार ७ सय १, साउनमा १ हजार ६ सय ८ र भदौ अन्तिम सातासम्म १ हजार १ सय १८ ट्राभल डकुमेन्ट जारी गरेको देखिन्छ । पछिल्ला तीन वर्षमा मात्रै दूतावासबाट एक लाख ४३ ट्राभल डकुमेन्ट जारी भएका छन् ।-
भिजिट भिसाका कलाकारलाई फर्काइँदै ।जेष्ठ १७, २०७४- २१ मे साँझ बेलायतस्थित नेपाली पत्रकारहरू आपत्कालीन कोषका लागि एउटा च्यारिटीमा व्यस्त थिए । नेपालबाट लोकगायक खडग गर्बुजा आउने तय थियो ।…Read More
सरकार कांग्रेसकै नेतृत्वमा : दाहालजेष्ठ १७, २०७४- प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन् । माओवादी केन्द्र संसदीय दलको…Read More
अब नेपाली विद्यार्थीलाई अष्ट्रेलिया सजिलोनेपालबाट अष्ट्रेलिया पढ्न र करिअर बनाउन जान चाहने विद्यार्थीलाई पहिले भन्दा अलिक सजिलो हुने भएको छ। अष्ट्रेलियाबाटै त्यहाँको जिवन, विश्वविद्यालय, कोर्…Read More