गृह मन्त्रालयले निकाल्यो सार्वजनिक विदाको सूचना (सूचनासहित) सेयर गरि सबैलाई यो सूचना जानकारी गरौ

भिडियो सहित हेर्नुहोस !
Advertisement


स्थानीय तहको तेस्रो चरणको चुनावका कारण आगामी असोज २ गते सरकारले २ नम्बर प्रदेशका आठ जिल्लामा सार्वजनिक विदा दिने भएको छ ।गृह मन्त्रालयले हिजो एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । नेपाल सरकार (मन्त्रिपरिषद्)को यही भदौ २६ गतेको निर्णयानुसार आगामी २ गते तेस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न हुने विभिन्न आठ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा जारी सूचनामा ती जिल्लामा रहेका सरकारी तथा अर्धसरकारी कार्यालय र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ । तराईका आठ जिल्ला सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा विदा लागू हुनेछ ।



Related Posts: