काठमाडौं – शिक्षा मन्त्रालयले नेपाली विद्यार्थीलाई दक्षिण अमेरिकी राष्ट्रमा अध्ययन गर्न जान प्रतिबन्ध लगाएको छ । यो खबर आजको अन्नपूर्णमा सूर्यप्रसाद पाण्डेले लेखेका छन्। त्यहाँका मुलुकमा विद्यार्थीहरु अध्ययन गर्न जाने क्रममा अलपत्र परेको र अध्ययनको उपयुक्त वातावरण नभएको ठहर गर्दै मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट जान प्रतिबन्ध लगाएको हो ।
मन्त्रालयले चिली लगायत दक्षिण अमेरिकी मुलुकमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर’ नदिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. हरिहर प्रसाद लम्सालले बताए । उच्च शिक्षा अध्ययनका लागि गत वर्ष अध्ययन भिसामा चिली गएका ४२ जना विद्यार्थी अलपत्र परेका थिए । अध्ययनको बहानामा रोजगारी तथा अन्य उद्देश्यले चिलीसहित ब्राजिल लगायत मुलुकमा गएर समस्यामा पर्ने गरेको शिक्षा र परराष्ट्र मन्त्रालयले गरेको अध्ययनमा पाइएको थियो ।
माछापालनबाट वार्षिक ३० लाख आम्दानी माछापालनबाट वार्षिक रु ३० लाख आम्दानी गर्न सफल भएका बौएलाल मुखिया अहिले फिस किङ अर्थात् ‘माछाको राजा’ भनेर चिनिन थालेका छन् ।कुनै बेला चरम गरिबीमा बा…Read More