धादिङ – धादिङको रुवीभ्याली घुम्ने क्रममा हिउँमा चिप्लिएर वेपत्ता भएका ताइवानी युवक लाइङ सिंङ युन लाई ४७ दिनपछि जीवितै भेटिए । बाटो बिराएर धादिङको रुवीभ्याली स्थित पान्साङपास भन्दा केही तल भिरमा फसेका उनलाई सिम्रिक एयरका पाइलट सिदार्थ जे गुरुङ र गाइड छिरिङ डेन्डुप भोटेले बुधबार दिउंसो जिवितै उद्धार गरेका हुन् ।
नेपाल घुम्न आएका यि ताइवनी जोडी फागुन २० गते देखि धादिङको रुवीभ्याली क्षेत्रबाट परिवारसँग सम्पर्क पछि वेपत्ता बनेका थिए ।उनी २ हजार ६०० मिटर उचाइको क्षेत्रमा भेटिएका हुन् ।उनकी प्रेमिकाको भने निधन भएको छ । खोजीमा जुटेका स्थानीय र राजधानीबाट खटेको उद्धारटोलीले ४७ दिन पछि बुधबार धादिङको रुवीभ्याली स्थित एक खोला किनारको ओडारमा यि दुई ताईवानी नागरिकलाई फेला पारेका थिए ।
यस्तो अवस्थामा प्रेमीकाको लाशको अगाडी थिए युवक, ५५ दिनमा ३० किलो घटे – हेर्नुहोस् भिडियो