वैशाख १७, २०७४- सर्वोच्च अदालतले सुडान घोटाला काण्डको अन्तिम फैसला सुनाउँदै नेपाल प्रहरीका तीन पूर्वआईजीपीसहित अन्य अधिकारीहरुलाई सजाय सुनाएको छ ।
सर्वोच्चले नेपाल प्रहरीका पूर्व आईजी ओमबिक्रम राणालाई २ वर्ष कैद र ५० हजार जरिवाना, हेमबहादुर गुरुङलाई १ वर्ष कैद र ४० हजार जरिवाना तथा रमेशचन्द्र ठकुरीलाई १ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको हो ।
प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलाशले प्रहरी बन्दोबस्तीको सामान खरिदको क्रममा भएको बहुचर्चित सुडान मिसन भ्रष्टाचार मुद्दामा अन्तिम फैसला सुनाएको हो ।
अदालतको फैसलामा तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक श्यामसिंह थापा र दीपकसिंह थाङदेङलाई १ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको छ ।
तत्कालीन डीआईजी दीपककुमार श्रेष्ठ र तत्कालीन एसएसपी रविप्रताप राणालाई ६ महिना कैद र ३० हजार जरिवाना फैसला गरिएको छ । अन्य आरोपीलाई सर्वोच्चले सफाइ दिएको छ ।
प्रधानन्यायाधीश कार्कीविरुद्ध आजै संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ ।
आइतबार सार्वजनिक बिदा
गृह मन्त्रालयले यही भदौ १८ गते आइतबार इस्लाम धर्मावलम्बीको पर्व बकर ईद (इदुल जोहा) परेकाले सार्वजनिक पर्व बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले…Read More
बिथोलिए वन्यजन्तु भाद्र १४, २०७४- बाढीले अहिलेसम्म १० गैंडा बगाएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । बगेका गैंडाको वास्तविक संख्या भने अझै यकिन नभएको निकुञ्जको भनाइ …Read More
रसुवाढी–केरुङ अब अन्तराष्ट्रिय नाका
भाद्र १४, २०७४ दक्षिण एसियाली मुलुकसँग जोड्ने महत्वपूर्ण प्रवेश मार्गको रुपमा विकास गर्ने उद्देश्यसहित चीनले रसुवागढी–केरुङ नाकालाई अन्तराष्ट्रिय ना…Read More