डेढ वर्षअघि कतार पुगेकी दोलखा, लापिलाङ गाविसकी विन्दु थामीको रहस्यम मृत्यु भएको छ । कतारमा एफएमएम कम्पनीमा क्लिनरको रूपमा काम गर्दै अाएकी उनको गत २४ गते रहस्यमय मृत्यु भएको थियो । विन्दु थामी काठमाडौँको धापासीमा रहेको एसओएस मेनपावर मार्फत कतार पुगेकी थिइन् । उनको शब अहिले त्यहाँको स्थानीय अस्पतालमा अलपत्र अवस्थामा छ । मृतकका भाइ गोविन्द थामीका अनुसार दीदीको शव नेपाल ल्याउन मेनपारसँग कुरा गर्दा कुनै वास्ता नगरेको बताएका छन्र ।
कतारको दोहास्थित आफू बस्ने घरको तेस्रो तलामा उनलाई मृत अवस्थामा भेटिएको भन्दै कतारबाट अप्सरा रायमाझीले विन्दुको परिवालाई खबर गरेकी थिइन् । गोविन्दका अनुसार विन्दुसँग उनका साथीहरु सिन्धुपाल्चोककी सुशीला बुढाथोकी र अप्सरा रायमाझी सँगै बस्दै आएका थिए । उनको मृत्यु हुन भन्दा एक दिन अगाडि दोलखा सुशीला र विन्दुको बीचमा भएको अप्सराले बताएको भाइ गोविन्दले बताए । झगडा भएको भोलीपल्ट नै शव भेटिनु हत्या नै भएको भाइ गोविन्दले दाबी गरे । घटनाको सत्यतथ्य छानविन गर्न, दोषीलाई कारवाहीको दायरामा ल्याउन, शव स्वदेश फर्काउन र उचित क्षतिपूर्तिको व्यवस्थाका लागि मेनपावर, वैदेशिक रोजगार विभागलगायतका निकायमा गए पनि कुनै सुनुवाइ नभएको गोविन्दले बताए । कतारमै रहेका मृतकका दाइ सपुन थामीले मृतकको शरीरमा चोटपटक र निलडाम रहेको र सुशीलासँगको विवाद नै हत्याको कारण भएको बताएका छन् ।
फिल्म रिलिज छाडेर नायिका मलिना अमेरिकातिरफिल्म रिलिजको बेलामा हाराउने र प्रचारलाई बेवास्ता गर्ने नेपाली कलाकारको पुरानै रोग हो। कहिले के त कहिले के बहानामा कलाकार फिल्मको प्रचारमा आउँदैनन्।…Read More