वीरगञ्ज – भारतसँग सीमा जोडिएको बाराको कचोर्वामा तस्करी गरी ल्याइएको कपडा नियन्त्रणमा लिने क्रममा शुक्रबार प्रहरी र गाउँलेबीच झडप भएको छ। सिम्रौनगढ नगरपालिका-९ कचोर्वामा भएको झडपमा तस्कर र गाँउलेहरुको आक्रमणबाट बाराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मी र प्रहरी जवानद्वय महर ठाकुर र नरेश लुंगेली घाइते भएका छन्। प्रहरी नायव उपरिक्षक रेग्मीको गर्दनमा चोट लागेको छ।
१० लाख मूल्य बराबरको कपडा विश्वनाथ जैसवाल र पशुपति जैसवालको घरमा लुकाइएको कपडा नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको हो।स्थिति नियन्त्रणममा लिने क्रममा प्रहरीले तीन राउण्ड गोली पनि चलाएको छ।
साथै प्रहरीले बोरामा रहेको नौ भांगा भारतीय कपडा बरामद गरेको छ। प्रहरी माथि आक्रमण गरेको आरोपमा स्थानीय लक्ष्मी यादवलाइ प्रहरीले पक्राउ गरेको छ।राजेश्वर र विश्वनाथको घरमा तस्कहरुले लुकाएर राखेको अवैध कपडा नियन्त्रणमा लिन गएको प्रहरी टोली माथि तस्कर र गाँउलेहरुले ढुंगामुढा सहित आक्रमण गर्न थाले पछि स्थिती नियन्त्रणमा लिन तीन राउण्ड हवाइ फायर गर्नु परेको बाराका प्रहरी नायव उपरीक्षक नरेन्द्र प्रसाद उप्रेतीले बताउनुभयो।
यसअघि गत बैशाख ११ गते बाराकै धर्मनगरमा प्रहरी र तस्करको समूहबीच झडप हुँदा एक प्रहरी हबल्दारसहित तीन प्रहरी घाइते भएका थिए।बारामै वैशाख १० गते भएको तस्करसँगको झडपमा एक प्रहरी घाइते भएका थिए। अन्नपूर्ण पोस्टबात -
कुलमान रोए पछि भारतीय मिडिया पनि चुप बसेनविद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विरुद्ध कान्तिपुर दैनिकले समाचार लेखेपछि उनले हिजो पत्रकार सम्मेलन गरि स्पष्टिकरण दिए र आफ्नो बद…Read More
वैशाख ३१ मा साझा यातायात बन्द हुने
काठमाडौँ, २९ वैशाख । स्थानीय तह निर्वाचनका दिन वैशाख ३१ गते आइतबार साझा यातायात बन्द हुने भएको छ ।
दल विशेषले बन्द गरेका बेला यातायात सञ्चालन …Read More
प्रेसरकुकर बम विस्फोट
सप्तरी (कञ्चनपुर), २९ वैशाख । नापी शाखा कार्यालयमा आज अपराह्न ४ः१५ बजे प्रेसरकुकर बम विस्फोट भएको छ ।
विस्फोटबाट मानवीय क्षति नभए पनि केही सवा…Read More
Secret Power Of North KoreaKim Jong-un born 8 January 1984 or 5 July 1984) is the Chairman of the Workers’ Party of Korea (WPK) and supreme leader of the Democratic People’s Rep…Read More