कुनैपनि प्रेमजोडीले जिन्दगीभर एक अर्कालाई साथ दिन्छन् भन्ने कुनै ग्यारेन्टी हुँदैन । आधुनिकता सँगै सम्बन्ध टुट्ने दर निकै बढिरहेको छ । अहिले नयाँ जमानामा प्रेम तथा यौन सम्बन्ध पनि आधुनिक पाराकै हुन्छ र यसमा सोसल नेटवर्कको ठूलो हात हुन्छ ।
कुनैपनि प्रेमजोडीले जिन्दगीभर एक अर्कालाई साथ दिन्छन् भन्ने कुनै ग्यारेन्टी हुँदैन । आधुनिकता सँगै सम्बन्ध टुट्ने दर निकै बढिरहेको छ । अहिले नयाँ जमानामा प्रेम तथा यौन सम्बन्ध पनि आधुनिक पाराकै हुन्छ र यसमा सोसल नेटवर्कको ठूलो हात हुन्छ ।
अहिलेको समयमा सम्बन्ध भन्ने कुरा एक पलमै जोडिन्छ र एक पलमै टुट्दछ । बाहिरबाट सम्बन्ध जति नै बलियो तथा प्रेमील लागेपनि भित्रभित्रै खोक्रो हुन्छ । प्रेम सम्बन्ध आजकल आत्मीयता तथा साँचो प्रेममा भन्दा पनि शारीरिक आकर्षणमा आधारित हुन्छ । आधुनिक सम्बन्धका ५ कटुसत्य सत्य यस्ता छन्ः
· अाजकल कुराकानी गर्ने माध्यम बदलिएको छ । सोसल मिडिया नेटवर्क, मोबाइल म्यासेज, ह्वाट्सएप तथा इमेलको माध्यमबाट कुराकानी गर्दा आफ्नो हृदयको भावना राम्रोसँग व्यक्त नै हुन पाउँदैन । फेस टू फेस कुराकानीको साटो डिजिटल सम्वादले आधुनिक सम्बन्धमा जरा गाडेको छ, जसले सम्बन्धलाई खुकुलो तथा हल्का बनाउने गरेको छ ।
· सुन्दरता तथा आकर्षणमै ध्यानः आजकल मानिसहरु सम्बन्धमा जोडिनुअघि आफ्नो लुक परिवर्तन गर्छन् जसका कारण आफ्नो हुनेवाला पार्टनरलाई आकषिर्त गर्न सकियोस् । त्यस्तै देख्नमा सुन्दर पार्टनर नै छान्ने गर्छन् उनीहरु ।
· प्रेम भन्दा पहिले नै समर्पण । यदि तपाइँको सम्बन्ध प्रेममा होइन वासनामा टिकेको हुन्छ भने सम्बन्ध धेरै दिनसम्म रहँदैन । प्रेमभन्दा पहिले नै आफुलाई गुमाउने वा समर्पित गर्ने काम नगर्नुस् ।
· सोसल मिडिया सिन्ड्रोमः सोसल मिडियाले तपाइँको सम्बन्धलाई बिगार्न सक्छ । गोप्य रुपमा कुनै अन्जान मानिससँग च्याट गर्नु, आफ्नो पार्टनरको व्यक्तिगत मेसेज पढ्नु तथा पोष्ट गरेका तस्वीरमा गरिएका कमेन्ट पढेर गलत अर्थ लगाउनु आदिले सम्बन्धलाई टुटाउन सक्छ ।
· अहिले हरेक चिज सेक्समै जोडिन थालेको छ । वन नाइट स्ट्याण्ड, सेक्स डेट तथा पार्टनर एक्सचेन्ज जस्ता चलनहरु ऋाजकल सामान्य बन्न थालेका छन् । के तपाइँको सम्बन्ध पनि यस्तै सेक्समा टिकेको छ विश्वासमा भन्दा ? यदि त्यसो हो भने सम्बन्धमा कुनैपनि बेला अविश्वास पैदा भएर टुट्न सक्दछ ।
भाइ मसलाः फाइदै–फाइदा तर खान जान्नुपर्छभाइटीकामा दाजुभाइलाई दिदीबहिनीहरुले दिने ‘भाग’ को अभिन्न अंग हो, भाइमसला । यसमा काजु, किसमिस, ओखर, छोगडा, नरिवललगायत ‘ड्राइ फ्रुट्स’ हुन्छन् ।ड्राइ फ्…Read More