नेपालका अरबपति तथा चर्चित व्यापारी विनोद चौधरीको छोरा वरुनको विवाहमा चाँदीकाे मण्डप, दर्जनौँ बडिगार्डसहित पुगे सलमान,थुप्रै नेपाल र भारतका नामी व्यक्तिहरुको उपस्थिती - See more at:

भिडियो सहित हेर्नुहोस !
Advertisement


नेपालका अरबपति तथा चर्चित व्यापारी विनोद चौधरीको छोरा वरुनको विवाहमा विश्वका थुप्रै नाम चलेका व्यक्तिहरुसँगै बलिउड अभिनेता सलमान खान पनि पुगेका छन् । चाैधरीका छाेरा वरूणकाे विवाह जयपुरका सुनचाँदी व्यवसायीकी छाेरी अनुश्री टाेन्ग्यसँग भएकाे हाे ।

शुक्रबार बेलुकी जग मन्दिरमा भएको विवाह शनिवारसम्म वैवाहिक कार्यक्रम चलेकाे थियाे । थुप्रै नेपाल र भारतका नामी व्यक्तिहरुको उपस्थिती रहेको उक्त विवाहमा बलिउड अभिनेता आफ्ना दर्जनौँ बडिगार्डसहित पुगेका थिए ।

विवाह समारोहमा सलमानलगायत सुपरस्टार रजनीकान्तकी श्रीमती, चर्चित गायिका लथा, बंगलादेशका पूर्व राष्ट्रपति हुसेयन मुहम्मद इश्राद, चर्चित म्यागजिन फोब्र्सका सभापति माइकल एस पर्लिस र भारतीय राजनीतिज्ञहरुको पनि उपस्थिती रहेको थियो ।

वरूनकाे विवाहमा देशका विभिन्न ठाउँबाट अाएका ३५ पण्डितहरूले माडवारी परम्पराअनुसार वैवाहिक कार्यक्रम सम्पन्न गराएका थिए । वरूणकाे विवाहका लागि चाँदीकाे मण्डप बनाइ सजवट गरिएकाे थियाे । हाम्रो देश डटकम बाट

Related Posts: