काठमाडौं, १७ बैशाख । प्रमुख प्रतिपक्षी दल एमालेलगायत विपक्षीका विरोधका बाबजुत जुनसुकै हालतमा आज संविधान संसोधन पारित गर्ने तयारीमा रहेको सरकारलाई गम्भीर झड्का लागेको छ ।
एमालेलगायतका दलले देशका लागि नै खतरानाक भनिरहेको संसोधन प्रस्ताव सरकारले आज जसरी पनि संविधान संशोधन विधेयक पारित गराउने तयारी गरेको थियो । त्यसका लागि सरकार जुनसुकै हदसम्म जाने अन्तिम तयारी पनि प्रधानमन्त्रीले गरेका थिए ।
प्रमुख प्रतिपक्षी एमालेको विरोधका बाबजुद संशोधनको पक्षमा लगभग बहुमत पुगिसकेको थियो । तर, अन्तिम समयमा सत्तारुढ दल राप्रपाकै सांसदबाट धोका भयो र सरकारको प्रयासमा पानी पोखियो । आखिर राप्रपाका सांसदहरुले सरकारलाई किन धोका दिए त ?
पार्टीले संसोधन विधेयकको पक्षमा मतदान गर्न ह्विप जारी गरेपनि राप्रपाका १५ सांसदले बिहानै राजधानीको एक रिसोर्टमा छुट्टैभेला गरेर संसोधन विधेयक असफल पार्ने योजना बनाएका थिए ।
यसपछि सरकार आज पछि हटेको थियो । स्रोतका अनुसार छुट्टै भेला गर्ने राप्रपाका सांसदहरुलाई हरुलाई पूर्वराजा ज्ञानेन्द्र शाहको सहयोग र सद्भाव रहेको बताइएको छ । सो छलफलमा पूर्वराजाका प्रतिनिधिको समेत सहभागिता रहेको र जसरी पनि संसोधन असफल पारेर देश जोगाउनुपर्छ भन्ने निर्णय भएको स्रोतले बताएको छ ।
जसमा डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको स्रोतको दाबी छ । कमल थापासँग कुरा नमिलेपछि राप्रपा एकता छाडेर लोहनीले हाल एराप्रपा राष्ट्रवादी पार्टी खोलेका छन् ।
ओलीलाई यसरी दिए देउवाले जवाफ२३ जेठ, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मतपत्र च्यातिनु कुनै नयाँ कुरा नभएको बताएका छन् ।संसद बैठकमा बोल्दै देउवाले एमाले अध्यक्…Read More