त्रिभुवन बिमानस्थलमा भीआइपीको पनि विश्वास नभएपछि यस्तो भन्यो सुशासन समितिले - See more at:

भिडियो सहित हेर्नुहोस !
Advertisement


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीआइपी प्यासेन्जरलाई पनि अनिवार्य चेकिङको व्यवस्था मिलाउन संसदको सुशासन तथा अनुगमन समिति अन्र्तगतको उपसमितिले सुझाव दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणाली सम्वन्धी अध्ययन गर्न गठित उपसमितिले यस्तो सुझाव दिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ठूलो परिणाममा सुन भित्रिएको र डलर बाहरिएको खुलासा भएपछि त्यहाँको सुरक्षा ब्यवस्थाबारे अध्ययन गरिएको थियो ।समितिले विमानस्थल हँदै गरिने अवैध कारोबारमा भीआइपी प्यासेन्जरको पनि संलग्न हुन सक्ने भन्दै उनीहरुको पनि सुरक्षा जाँच गर्ने ब्यवस्था गर्न भनेको हो ।

केही हप्ताअघि नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन नै अवैध डलरसहित पक्राउ परेका थिए । उपसमितिले भिआइपी प्यासेन्जरलाई पूर्ण विश्वास गरी चेकिङ नगर्दा त्यस्तै अवैध सामान भित्रिन र बाहरिन सक्ने खतरा औंल्याएको छ ।यस्तै उपसमितिले विमानस्थलभित्रको सीसी टिभी क्यामेराको संख्या र क्षमता बढाउन पनि सुझाव दिएको छ । यस्तै विमानस्थलमा प्यासेन्जरको बिस्तृत सुचना राख्ने सफ्टवेयर प्रयोग गर्न सुझाव दिएको छ ।

उपसमितिले अवैध सुन तथा अन्य त्यस्ता वस्तु बाहिरिने विभिन्न सम्भावित बाटोहरु औंल्याएको छ । उपसमितिले अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक टर्मिनल क्षेत्र बीचको खुल्ला बाटो बन्द गर्न सिफारिस गरेको छ ।यस्तै व्यागेज बेल्टका एक्स नगरी लगेज राख्न मिल्ने प्वालहरु अविलम्ब वन्द गर्न सिफारिस गरेको छ ।
उपसमितिले व्यागेज होलदेखि व्यागेज बेल्टसम्म व्यागेज ल्याउँदा वन्द कन्टेनरमा ओसार गर्न सुझाएको छ । यस्तै एक्सरे भइसकेका ब्यागेजलाई पनि पुन एक्सरे गर्ने व्यवस्था गर्न सिफारिस गरेको छ । यस्तै उपसमितिले लोडरहरु करारमा नियुक्त गर्ने प्रावधान नराख्न पनि सुझाव दिएको छ

Related Posts: