हिन्दु धर्म सखाप पार्न करडौँको खेल भएको खुलासा ! डलरको खेतीको भरमा संविधानमा "धर्म निरपेक्ष"लेखियो

भिडियो सहित हेर्नुहोस !
Advertisement


नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेताहरुले संविधानमा लेखिएको ‘धर्म निरपेक्ष’ वाक्यांसलाई करोडौं डलमा बिक्री गरेको आरोप लगाएका छन् ।

कसले कहाँबाट कति रकममा ‘धर्म निरपेक्ष’ बिक्री गर्‍यो भन्नेबारे खोज्ने बेला भएको कोइरालाले बताए । कृष्ण सिटौला र आफू लगायतका केही नेताहरुले ‘धर्म निरपेक्ष’को सट्टा ‘धार्मिक स्वतन्त्रता’ राख्न दबाब दिएको तर, असफल भएको उनको भनाई छ ।कार्यकर्ता भेटघाट तथा पार्टीका कार्यक्रमका सिलसिलामा पर्वत आएका कोइरालाले संवाददाताहरुसँग कुरा गर्दै धर्मको विषयमा ठूलो बहस आवश्यक रहेको बताए । ‘संविधानको मस्यौदामाथिको छलफलमा ८७ प्रतिशत बढी जनताले धार्मिक स्वतन्त्रता हुनुपर्ने सुझाव पठाउनुभएको थियो,’ उनले भने, ‘त्यसैलाई लेखेर संविधान टुङ्ग्याउन मैले धेरैपटक जिकिर गरें, सकिन ।’


Related Posts: