सरकारले व्यवस्थापिका संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक र स्थानीय तह निर्वाचनको विषयलाई लिएर सत्तारूढ दलभित्रै मतभेद सुरु भएको छ ।यो समाचार राजधानी दैनिकबाट लिईएको हो ।
प्रमुख प्रतिपक्षी र संविधानप्रति असन्तुष्ट मधेसी मोर्चालाई मनाउने कसरतमा रहेको सरकारका दुई घटक कांग्रेस र नेकपा माओवादी केन्द्रबीच शनिबारबाट अचानक स्थानीय तह निर्वाचनपछि सत्ता हस्तान्तरणको विषयले प्राथमिकता पाउँदा ती दलबीच मतभेद बढेको हो ।
संविधान संशोधन विधेयकलाई पारित गर्न विभिन्न विकल्पमा छलफलमा जुटेका प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति देउवाबीच शनिबार साँझ विधेयक पारित गराई दुई चरणको घोषित निर्वाचन गराउने विषयभन्दा सत्ता हस्तान्तरणले प्राथमिकता पाएपछि दुई नेताबीच भनाभनसमेत भएको स्रोतको दाबी छ ।
संशोधन, दुई चरणको निर्वाचन र बजेट सार्वजनिक तालिकाप्रति असन्तुष्ट प्रमुख प्रतिपक्षी एमालेलाई मनाउन अध्यक्ष केपी ओलीनिवास बालकोट पुगेर फर्किएलगत्तै देउवाले स्थानीय तह निर्वाचनलगत्तै सत्ता नेतृत्व कांग्रेसलाई हस्तान्तरण गर्न प्रस्ताव गरेपछि प्रधानमन्त्री दाहाल आक्रोसित बनेका हुन् ।
स्रोतका अनुसार देउवाले दुई चरणमा घोषणा गरिएको निर्वाचन तालिका परिमार्जन गर्न र निर्वाचनलगत्तै पूर्वसहमतिअनुसार प्रधानमन्त्रीबाट राजीनामा दिन भनेपछि दाहाल–देउवाबीच भनाभन भएको हो । पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण सिटौलासहित प्रधानमन्त्री भेट्न पुगेका देउवालाई दाहालले निर्वाचनमा सहमति नजुटेसम्म आफूले सत्ता हस्तान्तरण गर्न नसक्ने बताएका थिए।
आफू एमाले र मोर्चालाई मनाउन प्रयत्न गरिरहेको तर सहयात्री दलका हैसियतमा सहयोग गर्नुको सट्टा असान्दर्भिक विवाद झिकेको भन्दै प्रधानमन्त्री दाहाल सभापति देउवाप्रति आक्रोसित भएका थिए ।
दुई नेताबीच निर्वाचन र संशोधन भन्दा पृथक् विषयमा अनावश्यक विवाद सुरु भएपछि बैठकमा उपस्थित कांग्रेस र माओवादी केन्द्रका नेताहरूले पुनः छलफल गर्न प्रस्ताव गरेपछि सत्तारूढको संशोधन विधेयक पारित गर्ने रणनीति नै तय नगरी बैठक सकिएको सहभागी एक नेताले बताए । प्रधानमन्त्री दाहालसँग भेट गर्नुअघि देउवा वरिष्ठ नेता पौडेल र अर्का नेता सिटौलालाई लिएर एमाले अध्यक्ष ओली, उपाध्यक्ष युवराज ज्ञवाली र महासचिव ईश्वर पोखरेललाई भेट्न ओली निवास बालकोट पुगेका थिए ।
भेटमा कांग्रेस नेताले संविधान संशोधन विधेयकमा सहयोग गर्न एमालेलाई आग्रह गरेका थिए । संशोधन विधेयक पारित नगरे मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन नसकिने भन्दै मोर्चा मनाउन भए पनि सहयोग गर्न देउवाले ओलीलाई आग्रह गरेका थिए । देउवाले बजेटलाई असार पहिलो साता सारेर घोषित दुई चरणमा निर्वाचनमा मनाउन खोजे पनि ओलीले बजेटको संवैधानिक व्यवस्था, भाषाबारे सरकारले दर्ता गरेको संशोधन प्रस्ताव र ३१ जेठको निर्वाचनमा एमाले सहमत हुन नसक्ने बताएका थिए ।
एमाले स्थायी समितिले निर्णय गरिसकेको भन्दै विधेयक जस्ताको तस्तै प्रस्ताव गरिए असफल पार्ने बताएका थिए । ओलीले जेठमा मुस्लिमहरूको महान् पर्व रमजान पर्ने भएकाले समेत सो समुदायलाई निर्वाचनमा सहभागी गराउँदा अन्याय हुने भन्दै ३१ जेठको निर्वाचन व्यावहारिक नभएको तर्क गरेका थिए ।
यार्साबाट १ करोड राजस्व
भाद्र १३, २०७४- यार्सागुम्बुको छोडपुर्जी दिएबापत जिल्ला वन कार्यालय बझाङले १ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो रकम गत वर्षभन्दा झन्डै ४० लाख रु…Read More
स्वरोजगारमा थारू महिला भाद्र १३, २०७४- भीमदत्त नगरपालिका १ भासीकी रमा चौधरी मुक्त कमैया परिवारकी सदस्य हुन् । केही वर्षअघिसम्म उनी श्रीमान्सँगै मजदुरी गरेर परिवारको गर्जो टा…Read More