नेपालको तीन विभिन्न क्षेत्रको भविष्यमा ठूलो भूकम्प जाने परिकल्पना गर्दै सरकार नेतृत्वको एक नयाँ अध्यनले भवन निर्माणको अवस्था अहिलेको जस्तो भए काठमाडौंमा ठूलो जनधनको क्षति हुने आंकलन गरेको छ ।
बिहिवार साँझ बीबीसी नेपाली सेवाले तयार पारेको रिपोर्टनुसार जापानी विज्ञसहितले गरेको अध्ययनले सन् २०१६ देखि सन् २०३० सम्ममा करिब ५० हजार मानिसको ज्यान जानेगरि ठूलो भूकम्प आउने उल्लेख छ । बीबीसी रिपोर्टअनुसार झण्डै पौने तीन लाख घर ध्वस्त हुने बताइएको छ । विज्ञहरुलाई भूकम्पिय प्रवृतिको आधारमा चार खण्डमा विभाजन गरेका छन् महाकालीदेखि कालीगण्डकी र मस्र्याङदीदेखि सुनकोसी र मेचीसम्म । लामो समयदेखि भूकम्प नगएको र ०७२ सालमा गएको भूकम्पको पूर्ण सञ्चित शक्ति निकास नभएकाले ठूलो भूकम्प जाने खतरा भएको बताइएको हो ।
सुन्नुहोस् बीबीसीको यो रिपोर्ट :- सदुरमध्यपश्चिम नेपाल, पश्चिम नेपाल र मध्ये नेपाल दक्षिण गरी तीन थरी सिनारियो भूकम्पको परिदृश्य विज्ञहरुले गरेका छन् । सदुरमध्यपश्चिम नेपालमा ८ दशमलव ७ रेक्टरको भूकम्प जाने बीबीसी रिपोर्टमा उल्लेख छ ।
यसलाई काठमाडौंलाई ठूलो असर भने नगर्ने उल्लेख छ । तर ७ दशमलव ८ रेक्टरको पश्चिम नेपाल र मध्य नेपाल दक्षिण परिदृश्य भूकम्पले राजधानीमा धेरै क्षति हुने बताइएको छ ।
(यो रिपोर्ट बीबीसी नेपाली सेवाबाट साभार गरिएको हो ।)
गोजुरियोमा नेपाल च्याम्पियन नेपाल पाँचौं इन्डो–नेपाल गोजुरियो कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । नेपाल गोजुरियो कराते डो संघ, दक्षिण ढोका डोजोद्वारा आयोजित प्रतियोगिता…Read More
भोलि देखि लगातार ४ दिन बन्दठमाण्डौ,२८ जेष्ठ | सकार सँगको वार्ता असफल भएपछि राष्ट्रिय जनता पार्टीका नेताहरु आन्दोलन घोषणाको तयारीमा जुटेका छन् । आइतबार दिउसो ४ बजे उनीहरुले आफ्ना…Read More
दुई सय तीन म्यादीले राजीनामा दिए२९ जेठ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि नुवाकोटमा भर्ना भएका २०३ जना म्यादी प्रहरीले सेवाबाट राजीनामा दिएका छन् ।सरकारले चैत अन्तिम साता नियुक्ति …Read More