साउदी जेलमा छोरा नेपालमा आमा भन्छिन, कहाँबाट ल्याउँ ४५ लाख ?(भिडियोसहित) - S

भिडियो सहित हेर्नुहोस !
Advertisement


नवलपरासीको मदननगरका थानेश्वर भुसाल ४ वर्षदेखि साउदी अरवको जेलमा बन्दी जीवन विताइरहेका छन् । साउदीमा थानेश्वरले चलाएको गाडीले सडक दुर्घटनामा दुई जानको ज्यान गएपछि उनी जेल परेका थिए । अब ४५ लाख रुपैयाँ ‘ब्लडमनी’ दिन सके उनी छुट्छन्, नभए उनी जेलमै रहनेछन् ।
 यो परिवारलाई विहान-बेलुकाको छाक टार्न नै समस्या छ । छोरालाई विदेश पठाउने बेला झुपडीका जसोतसो गुजारा गरिरहेको उनीहरुलाई आश थियो, छोराले कमाउँला र सुखको सास फेर्न पाइएला ।
 तर, छोरा जेल परेपछि पैसा आउन छाडेको छ नै, छोरालाई बचाउने हो भने ४५ लाख रुपैयाँ जम्मा गर्नु पर्ने भएको छ । कहाँबाट जुटाउने यति ठूलो रकम ? यही पिरले आमा यमकलालाई पोलिरहन्छ । -

Related Posts: