बालुवाटारमा सांसद किनबेचको चर्चा : भारतले मधेसी दल मध्येबाट प्रधानमन्त्री बनाउने खेल भइरहेको दाबी -विश्वेन्द्र पासवान

भिडियो सहित हेर्नुहोस !
Advertisement


संविधान संशोधन विधेयकमा दलहरुबीच सहमति जुटाउन बालुवाटारमा बसेको सर्बदलीय बैठकमा सरकार ढाल्ने खेलदेखि सांसद किनबेचको चर्चा चलेको छ ।

संविधान संशोधन गरी सहमतिमा निर्वाचनमा जानेबारे निर्णायक भनिएको सर्बदलीय बैठकमा सरकार ढाल्ने चलखेलदेखि संशोधन विधेयक असफल पार्न सांसद किनबेच भएकोबारेमा चर्चा चलेको छ । मधेसवादी दलसहितको सर्वदलीय बैठकमा सहभागी नेताहरुले सहमति गर्नेबारेमा भन्दा पनि एक अर्काबीच आशंका तथा आरोप प्रत्यारोप भएका छन् ।

दलित जनजाति पार्टीका विश्वेन्द्र पासवानले बैठकमा सरकार परिवर्तनको खेल भइरहेको बताए । उनले भारतले मधेसी दल मध्येबाट प्रधानमन्त्री बनाउने खेल भइरहेको दाबी गरे ।बालुवाटार बैठकबाट बाहिरिएका सत्तारुढ दल नेकपा संयुक्तका नेता गणेश शाहले संसदमा पेश भएको संविधान संशोधन विधेयक पास हुन नदिने पैसाको चलखेल भइरहेको बताए ।

यता, परिवार दलका नेता एकनाथ ढकालले आफू पनि संशोधनकै पक्षमा रहेको उल्लेख गरे । तर एमालेलाई सहमतिमा नल्याइकन संशोधन पारित नहुने भएकाले एमालेलाई पनि सहमतिमा ल्याउनुपर्नेमा जोड दिए ।वैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमतिमा मुलुक अगाडि बढाउनका लागि संशोधनमा सहयोग गर्न आग्रह गरेका थिए । उनले दुई चरणमा निर्वाचन गर्दा पहिलो मतगणनालाई के गर्ने तथा दोस्रो निर्वाचनअघि बजेट के गर्ने भन्नेबारेमा दलहरुको धारणा मागेका थिए ।दलहरुबीचको छलफल सकारात्मक रहेको र बजेट पारित हुने सम्भावना बढेको मधेसी मोर्चाका नेता अनिल झाले बताए । वैठकमा बजेटबारेमा भने दलहरुको मिश्रित प्रतिक्रिया आएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले भने संशोधनमा सहयोग नगर्ने स्पष्ट गरेको छ ।पहिलोपटक संसदमा सम्मिलित सबै दलहरुको छलफल भएको तथा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन विद्येयकलाई टुङ्गोमा पु¥याउन सरकारको तर्फबाट अधिकतम् प्रयास हुने जानकारी गराएको बैठकपछि प्रधानमन्त्री प्रचण्डले बताए ।बैशाख ३१ र जेठ ३१ गरी दुई चरणमा स्थानीय तहको निर्वाचन हुने र स्थानीय निर्वाचनलाई उत्सवको रुपमा मनाउन पनि उनले आग्रह गरे । दुवै चरणको चुनाव सम्पन्न भएपछि एकैपटक मत गणना गर्न निर्वाचन आयोगलाई अनुरोध गरिने पनि प्रधानमन्त्री सर्वदलीय बैठकमा जानकारी गराएका छन् । सबै दलको सहमतिका आधारमा दुवै चरणको निर्वाचनपछि बजेट ल्याउन आवश्यक प्रक्रिया अघि बढाइने उनले बताए ।

बैठकमा संविधान संशोधन विद्येयक, स्थानीय तहको निर्वाचन, बजेट र स्थानीय तह निर्वाचनको मतगणनाको विषयमा छलफल भएको थियो ।बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता अग्नी खरेल, राप्रपा नेता पशुपति शमसेर राणा, गृहमन्त्री बिमलेन्द्र निधि, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा लगायत संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरु सहभागी थिए ।

Related Posts: