एजेन्सी, भारतमा एक बेहुलीले बिहे गरेको तीन घण्टामा सम्बन्धविच्छेद गरेकी छन । पूर्वी भारतको चन्दवा गाँउका १८ वर्षीय रुबना पर्भिन र १८ वर्षीय मुन्ताज अन्सरीको विवाहमा बेहुलाले मोटरसाइकल दाहिजो मागे पछि सिन्दुर हालेको तीन घण्टामै सम्बन्धविच्छेद भएको छ ।
रिक्सा चालक बेहुला मुन्ताज अन्सरीले नयाँ मोडेलको मोटरसाइकल माग गरेपछि सम्बन्धविच्छेद भएको बताइन्छ ।
आफ्नो गक्ष् अनुसार दिइएको र त्यसैमा चित्त बुझाउन बेहुलालाई सम्झौन्दा पनि नमाने पछि ठुलो विवाद भएको थियो । विवाद निकै बढेपछि मुस्लिम धर्म गुरुलाई बोलाई सबैको आगाडी तीनपटक ‘तलाक’ शब्द घोषणा गरेकी थिइन् ।