नम्रतालाई पीडा भएको हुँदो हो, तर सबैले सबै कुरा कहाँ पाउँछन् र ?

भिडियो सहित हेर्नुहोस !
Advertisement


चलचित्र छक्कापञ्जा नहेर्ने चलचित्रप्रेमी कमै होलान् । छक्कापञ्जामा जितु नेपालले सरस्वतीको चरित्र निर्वाह गरेका छन् र उनको जोडीका रूपमा विष्णुको भूमिका निर्वाह गर्ने नम्रता सापकोटालाई भने धेरैले नोटिस गरेनन् । नम्रता छक्कापञ्जाका कलाकारहरूको भीडबीच हराइन् ।
नम्रतालाई चलचित्र क्षेत्रले खासै ध्यान दिएको पाइँदैन । उनले अभिनय गरेका केही चलचित्र खासै चलेनन् भने आशा गरिएको चलचित्र ‘सिग्नेचर’ पनि निर्माण भएको एक दशक हुन लाग्दा समेत नियमित प्रदर्शनमा आएको छैन । हालै मात्र आएर उक्त चलचित्रले एउटा सामाजिक चेतनामूलक अभियानका साथ आफ्नो प्रचार थालेको छ
समयमै ‘सिग्नेचर’ प्रदर्शनमा आएको भए, नम्रता सापकोटाको करियरलाई केही फाइदा पुग्थ्यो होला । काम गरेको आशालाग्दो चलचित्र प्रदर्शनमा आएन, सुपरहिट चलचित्रमा पनि आफूलाई काउन्ट नै नगर्दा नम्रतालाई पीडा भएको हुँदो हो, तर सबैले सबै कुरा कहाँ पाउँछन् र ?

Related Posts: