गत बिहीबार विद्यालयबाट घर जाने क्रममा दिउँसो ४ बजे बाटोबाटै अपहरणमा परेका ६ वर्षीय बालक विशाल चौधरी फेला परेका छन् । उनी साउन १२ गते क्षेत्रपाटीबाट अपहरणकारीको निशानामा परेका थिए । चौधरी सोमबार काँडाघारीमा फेला परेका हुन् । अपहरणकारीले उनलाई बिहान सडकमा लगेर छाडिदिएका थिए ।
क्षेत्रपाटीको सरस्वती बोर्डिङ स्कुलमा अध्ययनरत विशाल स्कुलबाट निस्किएलगत्तै अपहरणमा परेका थिए । उनलाई अपहरणकारीले मोटरसाइकलमा राखेर लगेको सिसिटिभीको फुटेजमा देखिएको थियो ।
अपहरणको तेस्रो दिन अपहरणकारीले चौधरीका अभिभावकसँग ५० लाख फिरौती मागिएको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखाको टोलीले बालकलाई उद्धार गरी केही अपहरणकारीलाई पक्राउ गरेको र सकभर आजै उनीहरूलाई सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।