डीआईजी सर्वेन्द्र खनालको अर्को काम ! सकडमा आतंक सिर्जना गर्ने गुण्डाको टिपर बन्द गराउछु

भिडियो सहित हेर्नुहोस !
Advertisement


महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवम डीआईजी सर्वेन्द्र खनालले सडकमा आतंक मच्चाउने टिपरमाथि कारबाही थाल्ने बताएका छन् । टिपर ब्यवसायमा गुण्डाको लगानी मौलाएको भन्दै त्यस्ता टिपर बन्द गर्ने चेतावनी दिए ।

तीव्र गतिमा दौडिने, नियम नमान्ने र अरु सवारी तथा यात्रुलाई पेल्ने र ओभरलोड बोकेर सडक विगार्ने गरेको भन्दै टिपरहरु बढी आलोचित छन् । ट्राफिक प्रहरीमा पनि टिपरले सकडमा आतंक सिर्जना गरेको भन्दै धेरै गुनासो आउने गरेका छन् । अनलाइनखबरमा समाचार छ |


सोमबार काठमाडौंको बग्गीखानामा ट्राफिक ब्यवस्थापनबारे भएको छलफलमा टिपर ब्यवसायी संघका प्रतिनिधिलाई सम्बोधन गर्दै खनालले डाँडा पाखाओगट्ने र क्रसर चलाएर सडकमा पनि टिपर आतंक फैलाउने प्रवत्ति हटाउन जरुरी रहेको बताए । ”टिपरले सडकमा मनलाग्दी गर्ने कारणमध्ये गुण्डाको लगानी पनि हो । मसँग त्यस्ताको नाममा रहेको टि्रपरको लगत छ’ डीआईजी खनालले भने ‘त्यसको सातो मात्रै लिने होइन, तिनमा नामका टिपर बन्द गराउँछु ।
अब ट्राफिक प्रहरी कारवाहीमा मात्रै केन्द्रित हुँदैन । सडक संरचना नभएका स्थानमा बसेर चिट पनि काट्दैन खनालले भने, ‘कारवाही अघि मानवीय दृष्टिकोण पनि ट्राफिकले राख्छ ।

Related Posts: