,साउन १६ | जन्म पछि मृत्यु सबैको निश्चित हुन्छ तर कहिले र कहाँ हुन्छ भन्ने कुरा कसैलाई थाहा हुदैन | जन्मेर जीवनको सुरुवात हुन्छ अनि मृत्यु पछि त्यो बिलाएर जान्छ तर कुनैकुनै मृत्यु यस्तो बनिदिन्छ जुन सहजै हृदयले स्विकार्दैन । जीवित झैँ लाग्छन | जुलाई ७ तारिकका दिन तीन बर्षिय बालीका ईक्सामा लिम्बुको कलिलो उमेरमै यो दुनियाबाट साधाका लागि बिदा भए | जीवनरुपी फुल फक्रन नपाउँदै साधैका लागि चुडियो ।भर्खर लर्बराउदै हिड्ने बेला त्यो तोते बोलिबाट भर्खर निखारिएर बोलि फुट्दै गर्दा यो सुनौलो संसार नियाल्ने बेला कलिलो मस्तिष्क भर्खर ज्ञानको ज्योति फुर्ने बेला दैबले परिवारको साथबाट खोसेर निकै टाढा पुर्यायो |
साँझको समय बेलुकी ७ बजेतिर बाबा कृष्ण सेनेहाङ र सानो भाईसँग खेल्नका लागि निस्किएकी थिईन ईक्सामा । बाबाको हात समातेर हङकङका गगनचुम्बी भवन नियाल्दै हिडिरहेकी उनी एकैछीनमा हराईन् । सानो भाई लडेकाले बाबाले ईक्सामाको हात छोडेर भाई उठाउँन तर्फ लागे, ठिक त्यहि समयमा ईक्सामा पार्क तर्फ दगुरेकी थिईन् । हङकङको ब्यस्त सडक अनि तिव्ररुपमा गुडिरहेको गाडीले सानी ईक्सामालाई देखेन । अन्तत ठक्कर मात्र दिएन करिब २०० मिटर घिसारेर लग्यो । सडकभरि रगतले रगताम्य र कपाल छरिएको अनि गाडी मुनी आफ्नी सानी छोरी देख्दा कृष्ण मुर्छित भए । सायद यति बेला नै होला भगवान पनि किन यति निर्दयी बनि दिन्छस भनेर प्रश्न गर्ने समय |