२० प्रतिशतसम्म विद्युत महसुल बढ्ने गरी प्रस्ताव

भिडियो सहित हेर्नुहोस !
Advertisement


श्रावण १६, २०७४- नेपाल विद्युत् प्राधिकरणले २० प्रतिशतसम्म बढ्ने गरी नयाँ विद्युत् महसुल प्रस्ताव गरेको छ । प्राधिकरणले यही साउन ६ गते विद्युत् महसुल निर्धारण आयोगमा नयाँ महसुल दर लागू गर्न माग गर्दै निवेदन दिएको छ । आयोगका अध्यक्ष जगत भुसालले प्राधिकरणले नयाँ महसुल दर प्रस्ताव गरेको जानकारी दिएका छन् ।

प्राधिकरणले गरेको प्रस्तावमा ११ देखि ४० युनिटसम्म प्रयोग गर्ने ग्राहकले प्रतियुनिट रु सातका दरले महसुल तिर्नुपर्नेछ । औद्योगिक ग्राहकले भने हाल तिरेको भन्दा करिब २० प्रतिशत बढी महसुल तिर्नुपर्नेछ । प्राधिकरणले जति बढी विद्युत् प्रयोग गर्यो त्यति बढी महसुल तिर्ने गरी प्रस्ताव गरेको छ । प्रवक्ता प्रवल अधिकारीले शहरीया ग्राहकले प्रतियुनिट रु १२.५० सम्म तिर्ने गरी प्रस्ताव गरिएको जानकारी दिए ।




Related Posts: