चितवनको भरतपुर महानगरपालिकामा फेरि निर्वाचन गराउने कि नगराउने भन्ने विषयमा सर्वोच्च अदालतमा भइरहेको सुनुवाई सकिएको छ । अब आदेश आउन मात्रै बाँकी छ ।मतपत्र च्यातिएपछि निर्वाचन अयोगले भरतपुरको १९ नम्बर वडामा फेरि निर्वाचन गराउने निर्णय गरेको थियो ।
आयोगको निर्णय चित्त नबुझेपछि नेकपा एमालेका वडा सदस्य गुञ्जमान विक सर्वोच्च अदालत गएका थिए । सोहि विषयमा फेरि निर्वाचन गराउने कि मतगणना नै कायम राख्ने भन्ने बहस भइरहेको छ ।
एमालेले फेरि निर्वाचन गर्न नहुने बताएको छ । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कि छोरी रेणु दाहाल र एमालेका देवी ज्ञवाली मेयर पदमा प्रतिस्पर्धामा छन् । उक्त मुद्दाको सुनुवाई न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा भएको थियो ।
दुर्घटनामा चालक सहित ३ जनाको मृत्यु हुग्दीखोला (धादिङ): पृथ्वीराजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ हुग्दी खोलामा शुक्रबार बिहान ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा नै म…Read More