डेलीमेलमा एउटा यस्तो खबर छापियो जुन पढ्दा धेरैको मन रुन्छ | मृत्युदण्ड पाएका एक अपराधी छोराले आफ्नी जन्मदिने आमालाई सम्बोधन गर्दै लेखेको पत्रले संसार तताएको छ । लामो समय जेलमा रहेको ति व्यक्तिले मृत्यु दण्ड पाउनुअघि सो पत्र आफ्नी आमाको नाममा लखेको उल्लेख छ । जुन पत्रमा यस्तो लेखिएको छ ।
”आमा यदी यो संसारमा यो भन्दा पनि बढी न्याय छ भने म मात्र नभएर हामी दुवैजनालाई मृत्यु दण्ड दिइनु पर्छ । मैले जुन किसिमको जीवन अंगाले त्यसमा तिम्रो पनि त्यतिकै दोष छ । मैले एकजना म जस्तै केटाको साइकल चोरेर घरमा ल्याएको तिमीलाई याद छ र बाबुले नदेखोस् भनेर तिमीले त्यो साइकल लुकाउन मलाई सहयोग गरेकी थियौँ । मैले हाम्रो छिमेकिको गोजिबाट पैसा चोरेको तिमीलाई सम्झना छ र त्यो पैसा लिएर मसँगै तिमी पनि शपिंग मल गएकी थियौँ ।
मैले बाबुसँग झगडा गरेको पनि तिमीलाई याद होला । उ मलाई सपार्न चाहन्थ्यो, कारण मैले प्रतियोगिताको अन्तिम नतिजा नै चोरेर लगेको थिए र म निष्काषनमा परेको थिए । सुरुमा म अरु जस्तै साधारण बच्चो त थिएँ । त्यसपछि म फटाह किशोरमा परिणत भए अहिले म असाध्यै बिक्रित ब्यक्ति भाएको छु ।
आमा, म त त्यतिबेला बच्चै थिए म सप्रिन सक्थें, तर तिमीले मेरो कुक्रित्यमा सहमति जनाउँदै गयौ । जे हुनु भै गयो तिमीलाई माफ दिन्छु संसार भरिकै आमा बाबुहरुको हातमा यो चिट्ठी पुगोस भन्ने म चाहन्छु । जसका कारण सबैलाई थाहा होस् सही र गलत भनेको शिक्षा हो । आमा तिमीलाई धन्यावाद मलाई जीवन दिएकोमा र त्यसलाई गुमाउने बाटो देखाएकोमा ।”
डेली मेलका अनुसार यस चिठ्ठीमा कसैको नाम र मिति लेखिएको छैन । तर, यसले अहिले संसारभर तहल्का मच्याएको छ । यो सुरुमा कसैको फेसबुकमा भेटिएको र त्यहीबाट भाइरल भएको हो । निक्कै प्रेरणादायी यो चिट्ठीलाई धेरै भन्दा धेरै शेयर गरेर गलत बाटो अंगाल्नेहरुलाई सहि मार्गनिर्देश गर्न मद्दत गरौ | कृपया शेयर गरौ |
कूटनीतिमा महराका चुनौतिहरु असार ११, २०७४- मुलुकको कूटनीति सञ्चालनको ‘मियो’ अर्थात परराष्ट्र मन्त्रालयको नेतृत्वमा कृष्णबहादुर महरा छन् । सुचना तथा संचार, गृह, अर्थ हुँदै अहिलेको…Read More
तीन चरणको चुनावपछि संविधान संशोधन : नेपाल११ असार विराटनगर । एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय तहको तीनै चरणको चुनाव सकिएपछि शीर्ष तीन दल र राष्ट्रिय जनता पार्टीबीच छलफल गरेर संबिध…Read More