एमालेले छान्यो जिसस उम्मेदवार

भिडियो सहित हेर्नुहोस !
Advertisement

श्रावण १५, २०७४- जिल्ला समन्वय समिति (जिसस) भक्तपुरको निर्वाचनका लागि एमालेले सबै पदमा उम्मेदवार टुंगो लगाएको छ।
एमाले जिल्ला कमिटी भक्तपुरले जिल्ला समन्वय समिति (जिसस) भक्तपुर प्रमुखमा चाँगुनारायण नगरपालिका–३ का निर्वाचित सदस्य नवराज गेलाल र उपप्रमुखमा सूर्यविनायक नगरपालिका–७ का सदस्य सरिता कुँवरलाई उम्मेदवार बनाएको छ।
जिसस सदस्यहरूमा शकुन्तला श्रेष्ठ, गीता देउजा, कमला पोखरेल, दलित तथा अल्पसंख्यक सदस्यमा गीता विसुङखे, अजय तामाङ, उमेश श्रेष्ठ, बाबुकाजी श्रेष्ठलाई छनोट गरेको एमाले जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले बताए। जिससमा उम्मेदवार हुन स्थानीय तह निर्वाचनको कुनै पदमा निर्वाचित भएको हुनुपर्ने संवैधानिक प्रावधान छ।
जिल्ला समन्वय समिति भक्तपुरमा एमालेको बहुमत छ। कांग्रेस र नेमकिपाले भने आफ्ना उम्मेदवार छनोट गरेका छैनन्। जिसस गठनका लागि आइतबार मनोनयन दर्ताको मिति तोकिएको जिल्ला समन्वय समिति भक्तपुरले जनाएको छ। जिसस भक्तपुरको निर्वाचन साउन २२ गते हुनेछ। जिल्ला समन्वय समिति निर्वाचनका लागि निर्वाचन आयोगले भक्तपुर जिल्ला अदालतका न्यायाधीश भोजराज शर्मालाई निर्वाचन अधिकृत नियुक्त गरेको छ।

Related Posts: