उपचार नपाउँदा सर्पको टोकाईबाट मृत्यु

भिडियो सहित हेर्नुहोस !
Advertisement

श्रावण १६, २०७४- यहाँको चापाकोट नगरपालिका ५ दार्सिङ बस्दै आएका मजदुर १८ बर्षीय मोतिलाल मगरको सर्पको टोकाईबाट मृत्यु भएको छ । कपिलबस्तु शिवगढी नगरपालिका घर भई हाल स्याङ्जाको चापाकोटमा मजदुरी गर्दै आएका मगरलाई सर्पले डसेपछि समयमै उपचार हुन नसक्दा मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र वालिङले जनाएको छ ।

आइतबार दिनको साढे ४ बजे सर्पले टोकेपछि उनलाई उपचारको लागि सोमबार मात्र विहान ७ बजे वालिङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । सर्पले टोकेको लामो समयसम्म उपचार नपाउँदा सर्पको विष शरिरभरी भिजि सकेकाले स्वास्थ्य केन्द्र पुर्‍याउदा प्रण गइसकेको भन्दै डाक्टरले मृत्त घोषण गरेका थिए

Related Posts: