इटहरीमा बस पल्टिँदा एक जनाको मृत्यु, पाँच घाइते

भिडियो सहित हेर्नुहोस !
Advertisement


: सुनसरीको इटहरीमा यात्रु बाहक बस सडकबाट पल्टिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्। इटहरीको हलगडामा भएको दुर्घटनामा उर्लाबारी ७ का मनोज विकको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ।

यसैगरी सुनसरीको मधेली २ की अनिता शाह, इटहरी ५ का सुदिप तामाङ, इलाम ५ का रुद्र सेङतेङ र विराटनगर १० की समिक्षा बुढाथोकी घाइते भएका छन्। एक अर्का घाइतेको नाम नखुलेको कार्यालयले जनाएको छ। बस अनियन्त्रित भएर पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन्।

Related Posts: