एनआरएनएको सक्रिय भूमिकाबाट बिदा लिने शेष घलेको घोषणा

भिडियो सहित हेर्नुहोस !
Advertisement




गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष शेष घलेले आगामी अक्टोबरपछि संघको सक्रिय भूमिकाबाट विदा दिने घोषणा गरेका छन् ।
एनआरएनएको युरोपली क्षेत्रीय बैठकलाई सम्बोधन गर्दै घलेले नेतृत्व हस्तान्तरणको योजना सुनाएका हुन् । घले एनआरएनएको दुई कार्यकाल अध्यक्ष रहे ।
अगामी अक्टोबरमा विश्व सम्मेलन र अधिवेशन गर्ने तयारी भइरहेको भन्दै घलेले भने, ‘दोस्रो कार्यकाल समापनको अन्त्यतिर आइपुग्दा यो मञ्चबाट घोषणा गर्न चाहान्छु, अक्टुबरपछि गैरआवासीय नेपाली संघको सक्रिय भूमिकाबाट बिदा लिनेछु र नयाँ नेतृत्वलाई यो जिम्मेवारी हस्तान्तरण गर्ने छु ।’
उनले इतिहासको रक्षा गर्दै भविश्यको बलियो संस्था बनाउने जिम्मेवारी पुरा गर्न सक्नेलाई नेतृत्व सुम्पनु पर्नेमा जोड दिएका छन् । उनले अघि भने, ‘यस्तो नेतृत्व चुन्नुहोस् कि विगत दुईवटा कार्यकालमा एनआरएनले आगाडी बढाएका सोच र परियोजनाको अभिभारा कुशलतापूर्वक पुरा गर्न सकोस् । शेष घलेलाई बिर्साउने गरी काम गर्न सक्नुहोस् ।’
चार बर्ष आफ्नो विवेक र क्षमताले भ्याएसम्म संस्थालाई न्याय गर्न कोसिस गरेको भक्न्दै उनले समीक्षा गर्ने जिम्मेवारी गैरआवासीय नेपालीहरुको भएको बताए ।
घलेले गैरआवासीय नेपाली संघलाई राष्ट्रसंघजस्तो संसारभरि फैलिएका नेपाली मूलका मानिसहरुको मञ्चका रुपमा विकास गर्नु पर्नेमा पनि जोड दिएका छन् । त्यो भिजनलाई कार्यन्वयन गर्ने न्यूजर्सी सम्मेलनमार्फत् भिजन २०२० एण्ड बियोण्डको प्रस्ताव गरेको उनले बताए ।
‘आगामी बिश्व सम्मेलनमार्फत् त्यो भिजनलाई आत्मसात गर्दै अगाडी बढ्यौं भने मात्र हामीले हाम्रो संस्थाको १० वा २० बर्षे लक्ष्यको प्रष्ट मार्गचित्र बनाउन सक्नेछौं । त्यस्तो मार्गचित्रले मात्र सवल संस्था निर्माण हुने छ’ उनले भने, ‘हैन भने सम्बृद्धिमा साझेदारीको हाम्रो चाहना नारामा मात्र सिमित रहने छ र देशबासीबाट हामीले ठूलो प्रश्नको सामना गरिरहनुपर्ने छ ।’
गैरआवासीय नेपाली संघको इतिहासमा पहिलोचोटी निर्वाचनमार्फत् नेतृत्वमा पुगेका घले अष्ट्रेलियाको धनाढ्य सूचीमा रहेका एकमात्र नेपाली हुन् । गैरआवासीय नेपाली संघको भवन निर्माण, खाडी मुलुकहरुमा कार्यरत नेपालीहरुको उद्धारका लागि कल्याणकारी कोषको स्थापना र भूकम्पपछिको पुनःनिर्माणमा उदाहरणीय र नेतृत्वदायी भूमिका खेलेर घलेले अन्तराष्ट्रियरुपमा ख्याती कमाएका छन् ।
हाल घलेको नेतृत्वमा गोर्खाको उत्तरी हिमाली क्षेत्र लाप्राकमा ५७३ घरसहितको एकीकृत बस्ती निर्माण भइरहेको छ जहाँ घले दम्पत्तिले निर्माणकार्यको नेतृत्व गर्दै टेण्टमा हप्तौं बिताएका छन् ।
नेपालमा एक अर्ब रुपैयाँको परोपकारी कोष स्थापना गरेका घले दम्पत्ति सवैभन्दा ठूलो निजी क्षेत्रको परोपकारी कोष स्थापना गर्ने नेपाली हुन् जसले स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने घोषणा गरेका छन् ।

Related Posts: