श्रावण १५, २०७४- पर्वत सदरमुकाम कुश्मास्थित कुश्मा–ज्ञाँदी झोलुङ्गे पुलबाट हाम्फालेर एक जोडीले आत्महत्या गरेका छन् । प्रहरीको प्रारम्भीक अनुसन्धान अनुसार धरान उपमहानगरपालिका ११ का २६ को अकिन गुरुङ र ललितपुर उपहानगरपालिका १४ घिलाहितिकी २५ वर्षीया मुना राना भएको खुलेको छ ।
केही दिनअघि मुस्ताङ घुम्न आएका उनीहरु शनिबार दिउँसो कुश्मा आसपास घुमफिर गरेर राति पुलबाट हाम्फालेको हुनसक्ने घटनास्थलबाट फर्किएका प्रहरी निरीक्षक मधुकरजंग विष्टले बताए । ‘दिउँसोदेखि साँझसम्म पुलनजिकैको होटलमा बसेर खाजा खाएछन्,’ विष्टले भने, ‘साँझ त्यहाँ बास नपाएपछि कुश्मातर्फ फर्किएका उनीहरुले पुलमै व्याग छोडेर आत्महत्या गरेछन् ।’ पुलको बीच भागमा फेला परेको व्याग स्थानीयले जिल्ला कारागारस्थित प्रहरी बिटमा बुझाएका थिए ।
व्यागमा फेला परेका कागजातका आधारमा उनीहरुको पहिचान खुले पनि घटनाको रहस्य पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ । व्यागमा टेन्टलगायत केही बन्दोबस्तीका सामानहरु समेत रहेको प्रहरीले जनाएको छ । दुबैका घरपरिवारमा खबर गरिएकोले आफन्त नआएसम्म दुबैजनाको शव जिल्ला अस्पताल पर्वतको शवगृहमा राखिने जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । दुबैजनाको शव पुलदेखि करिब १४० मिटर तल मोदीखोला किनारमा आइतबार बिहान ११ बजेतिर फेला परेको हो ।
अमिताभको कलेजो ७५ प्रतिशत खराबबलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो कलेजोको २५ प्रतिशतले मात्र काम गरिरहेको खुलासा गरेका छन् । हालै मुम्बईमा आयोजित हेपाटाइटिस रोगसम्बन्धी कार्यक्रममा …Read More