धरानमा बिरामीको अधिकार सुरक्षित गर्न अन्तराष्ट्रिय सम्मेलन सुरु

भिडियो सहित हेर्नुहोस !
Advertisement

श्रावण १६, २०७४- असल चिकित्सकीय अभ्यास ‘जीसीपी’ सम्बन्धी तीनदिने तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सोमबारदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुरु भएको छ ।
दक्षिण पूर्वी एसियाली देशहरूमा भइरहेका चिकित्सकीय वैज्ञानिक अनुसन्धानहरुलाई बिरामीको स्वास्थ्यअधिकार र हितसँग जोडेर सम्मेलन सुरु भएको हो । कुनै पनि रोकको औषधि पत्तालगाउनकालागि चिकित्सकीय अनुसन्धान गर्दा स्वस्थ्य वा बिरामी व्यक्ति माथि नै गर्नुपर्ने हुन्छ । तर विश्व स्वास्थ्य संगठनले निश्चित १४ बुँदे मापदण्ड तोकेर बिरामीको अधिकार सुरक्षित गर्दै आएको विषयलाई वैज्ञानिक अनुन्धानकर्मी चिकित्सकले नैतिकरुपमा मानुन भनेर असल चिकित्सकीय अभ्यासको सम्मेलन गरिएको हो ।

Related Posts: