छोरी जन्मेपछि घर निकाला

भिडियो सहित हेर्नुहोस !
Advertisement

श्रावण १५, २०७४- छोरी जन्माएको ओरापमा कुटपिट गर्दै यहाँकी एक महिलालाई घर निकाला गरिएको छ। कपिलवस्तु नगरपालिका–५ श्रीरामपुरकी २२ वर्षीया सविना खातुनलाई पति र ससुराले कुटपिट गरेका हुन्। ‘छोरी जन्माएको आरोप लगाउँदै निर्घात कुटपिट गरे,’ खातुनले दु:खेसो पोखिन्।
तीन महिनाअघि छोरी जन्माएपछि यातना दिन थालेको उनले सुनाइन्। ‘बच्चा जन्मनुअघिदेखि नै छोरी जन्मिए गाह्रो हुन्छ, तँलाई पनि दु:ख हुन्छ भन्दै मानसिक तनाव दिन्थे,’ उनले भनिन्, ‘छोरी जन्मिएमा तँ सुखले बस्न पाउँदिनस् भन्थे।’ गत बुधबार साँझ गाउँको विवाह कार्यक्रममै श्रीमान् दिलसार र ससुरा इजाहार खाँले मिलेर निर्घात कुटपिट गरेको उनका बाबु लइस पठानले बताए। लाठी, मुक्का र खुट्टाले कुटपिट गरी सख्त घाइते बनाएको उनले बताए। सविनाको दायाँ गाला सुन्निएको छ। कानमा चोट छ। ढाड, पिठयुँ र शरीरका विभिन्न भागमा डाम छन्। सख्त घाइते उनलाई माइतीले तत्कालै तौलिहवा अस्पतालमा भर्ना गराएको थियो। अस्पतालको रिफरमा भैरहवास्थित मेडिकल कलेजमा उपचार गराइएको थियो। अहिले उनी माइतीमा छिन्। ‘सुरुमा भनेजति दाइजो नपाएको भन्दै यातना दिने गरेका थिए, पछि छोरी जन्मिएपछि कुटपिट गर्न थालियो,’ उनले भनिन्। तीन महिनाकी छोरीलाई समेत आमाबाट अलग्याएर बाबुले आफैं राखेका थिए। शनिबार प्रहरीले छोरीलाई आमाकै जिम्मा लगाएको छ।

Related Posts: