रोल्पाको थवाङ गाउँपालिका प्रमुखको अपहरण

भिडियो सहित हेर्नुहोस !
Advertisement


३० भदौ, रोल्पा । रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती अपहरणमा परेका छन । उनी बिहीबार राति करिब ११ बजेदेखि सम्पर्कविहीन छन ।थवाङ–२ कोइचावाङमा रहेको ससुराली पुगेका घर्तीलाई सोही स्थानबाट १०/१२ जनाको समूहले सम्पर्कविहीन बनाएको जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

शनिबार थवाङ गाउँपालिकाको प्रथम गाउँसभा उद्घाटन गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल रोल्पा आउने कार्यक्रम छ। प्रचण्डलाई थवाङ आउनबाट रोक्न बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अध्यक्षलाई अपहरण गरेको हुनसक्ने प्रहरीको आशंका छ।अध्यक्ष घर्तीको खोजीका लागि थवाङ आसपासका प्रहरी युनिटबाट प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले जानकारी दिएका छन ।

रोल्पाको टिलामा रहेको सशस्त्र प्रहरीको टोली पनि घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताएका छन ।सदरमुकाम लिवाङबाट आफ्नै नेतृत्वमा प्रहरीको एक टोली घटनास्थलतर्फ गइरहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन ।

Related Posts: