मेस्सीको किर्तिमानसँगै बार्सिलोनाको दोस्रो जीत

भिडियो सहित हेर्नुहोस !
Advertisement


बार्सिलोना । लियोनेल मेस्सीको दुई गोलको मद्दतले बार्सिलोनाले आलाभेसलाई पराजित गर्दै ला लिगामा शत प्रतिशत नतिजा कायम राखेको छ ।
अर्जेन्टिनी खेलाडीको पहिलो हाफको पेनाल्टी आलाभेसका गोलकिपर फर्नान्डो पाचेकोले बचाउ गरेका थिए
खेलको दोस्रो हाफको शुरुवातसँगै उनले बार्सिलोनालाई अग्रता दिलाएका थिए भने ६६ औँ मिनेटमा अग्रता दोब्बर बनाएका थिए ।
उनले ह्याट्रिक पूरा गर्ने अवसर पाए पनि २० यार्ड टाढाबाट गरेको प्रहार पोष्टमा लाग्न पुगेको थियो ।
उनले योसँगै क्लबका लागि किर्तिमानी ३५१ गोल पूरा गरेका थिए ।
अब एक खेलाडीले युरोपको शीर्ष पाँच लिगमा गर्ड मुलरले बनाएकोे ३६५ गोलको किर्तिमानबाट मात्र १४ गोल टाढा गरेका छन् ।

खेलमा बार्सिलोनाले यस सिजन अनुबन्ध गरेका पाउलिन्होले पनि डेब्यु गरेका थिए ।
२ खेलपछि ६ अंकसहित बार्सा लिगको दोस्रो स्थानमा रहेको छ ।
शीर्ष स्थानमा रियल सोसिडाड समानअंक सहित रहेको छ
हिजै भएको अन्य खेलमा एथ्लेटिको म्याड्रिडले लास पालमासलाई ५–१ गोलअन्तरले हराउँदै लिगको पहिलो जीत निकालेको छ ।
एथ्लेटिकोलाई जित दिलाउन कोकेले दुई तथा एन्जल कोरेया, यानिक कारास्को र थोमास पार्टलेले एक–एक गोल गरे
पालमासका लागि एक मात्र गोल जोनाथन कालेरीले गरे ।
यता, जिरोनाले मालागालाई १–० ले गोल अन्तरले पराजित गर्यो भने लेभान्ते डिपोर्टिभोसँग २–२ को बराबरीमा रोकिएको छ ।

Related Posts: