भाद्र १२, २०७४- बलिउड अभिनेत्री राधिका आप्टेको फेसबुक एकाउन्ट हालै ह्याक्ड भयो । उनले यसबारे ट्वीटरमार्फत आफ्ना फ्यानहरूलाई जानकारी गराइन्, ‘मेरो फेसबुक एकाउन्ट फेरि ह्याक्ड भयो, कृपया मलाई म्यासेन्जरमा म्यासेज नपठाउनु होला ।’ गत शनिबार भारतभरि एक घण्टाका लागि फेसबुक नै बन्द भएको थियो । मोबाइल र कप्म्युटरमा यसको स्पिड निकै स्लो भएका बेला राधिका ह्याकिङको सिकार बनेकी थिइन् । फेसबुकमा लग्ड इन भएकाहरूले पनि शनिबार राम्ररी एक्सेस पाएका थिएनन् । राधिकाको फेसबुक ह्याक्ड भएको यो पहिलो पटक भने होइन । उनी पटक–पटक ह्याक अट्याकको सिकार हुने गरेकी छन् । अमिताभको ट्वीटर ह्यान्डल ह्याक्ड हुँदा त्यसबाट पनि अश्लील फोटो र भिडियो सेयर गरिएको थियो । उनले ह्याक्ड भएको खबर दिएर तुरुन्तै एकाउन्ट रिकभर समेत गरेकाले ठूलो ‘क्षति’ हुन पाएन ।
अभिनेताहरू शाहिद कपुर, हृतिक रोशन र रजनीकान्त पनि ह्याकर पीडित हुन् । ‘मेरो एकाउन्टमा कुनै सन्दिग्ध चिजबिज देख्नुभयो भने त्यो मैले पोस्ट गरेको होइन भन्ने बुझिदिनुहोला,’ फेसबुक एकाउन्ट ह्याक्ड भएपछि शाहिदले भनेका थिए, ‘म चाँडै रिकभर गर्ने कोसिस गर्दै छु ।’ श्रुति हासनको फेसबुक पेजमा कृति स्यानोनका तस्बिर पोस्ट हुन थालेपछि श्रुतिका फ्यान चकित भएका थिए । त्यो काम ह्याकरले गरेको जानकारी गराउँदै श्रुतिले त्यसलाई केही समय बेवास्ता गरिदिन आग्रह गरेकी थिइन् । कृतिका फ्यानले श्रुतिको एकाउन्टमा अनधिकृत प्रवेश गरेको पछि खुलासा भयो ।
विहानमा अनिवार्य खानुस् यी ५ खानाकतिपय मानिसको विहानमा खाजा अर्थात ब्रेकफाष्ट नखाने बानी हुन्छ । तर स्वस्थ जीवनका लागि विहानको खाजा अनिवार्य मानिन्छ ।यदि तपाइँलाई सँधै विहानमा के खाउँ…Read More
फेरि ह्वातै घट्यो सुनको भाउ,यति छ आजसाताको अन्तिम दिन नेपाली बजारमा पहेँलो धातु सुनको मूल्य घटेको छ । हिजोको भन्दा सुन आज प्रतितोला चार सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महास…Read More