भाद्र १२, २०७४- प्रधानमन्त्रीले आन्तरिक मामिलामा हस्तक्षेप हुने संविधान संशोधन गर्छु भनेर भारतमा भनेका हुनाले देशको ठाडो भइरहेको शिर एकाएक निहुरियो भनी देशभरिका मान्छेको प्रतिक्रिया आउँदा मैले बुझ्न नसकेको कुरा बुझ्न खोजेको हुंँ ।
छिमेकीको घरतिर फाटेको गुन्द्री काखी च्यापेर जानेहरूले मेरो घरभित्र यति छ र उति छ भन्दै धाक लगाएर हिंँड्नु इज्जत हुन्छ कि जस्ताको तस्तै भन्दा इज्जत हुन्छ ? भूकम्प गयो, पैसा देऊ, बाढी आयो, पैसा देऊ , बिजुली बाल्न पाइएन, पैसा देऊ, बिरामी भइयो, पैसा देऊ भन्दै कमन्डलु लिएर देशाटन गर्ने प्रधानमन्त्री भए सबैको इज्जत आउने शिर उंँचो हुने, संविधान संशोधन गरेरै भए पनि सबैलाई समेट्दैछु भन्दा शिर निहुरिने हुन्छ र ? प्रधानमन्त्रीका वैयक्तिक कमी–कमजोरी हुन सक्छन् ।
संविधान संशोधन गरेर भए पनि सबै नेपालीलाई समान अवसर दिलाउँंछु, राजनीतिक गतिरोध हटाउँंछु भनेर आफ्नो घरका सबै कमी–कमजोरी थाहा पाइरहेको छिमेकीसँग भन्दा लज्जास्पद भयो भन्नु मलाई त प्वाल परेको डुङ्गामा बस्ने सबैले डुंगामा पानी पसायो भनेर बोटेलाई सत्तोसराप गरेको जस्तो लाग्छ । –
दार्जिलिङमा इन्टरनेट प्रतिबन्ध दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन चर्कंदै गएपछि बंगाल सरकारले यो क्षेत्रमा इन्टरनेट सेवामा प्रतिबन्ध लगाएको छ । उसले टीभी च्यानलहरूको प्रसारणमा पनि रो…Read More