काठमाडौ: जहाजका ककपिटमा उनका हातका औला चल्दैनन,खुट्टाका औला चल्छन । अरुका लागि बोझ होइन,उत्साह र प्रेरणापुञ्ज बनिरहेकी छिन । तिनै जेसिका कक्स हवाइ जहाज उडाउन र साहसिक खेल खेल्न सक्छिन ।
३४ बर्षीया जेसिका कक्स तेक्वाण्डेकी ब्लाकवेल्ट होल्डर पनि हुन । खुट्टाले हवाई जहाज चलाउने पहिलो महिलाको रुपमा कक्सले गिनिज बुकमा नाम लेखाएकी छन् । अमेरिकामा जन्मिएकी तिनै कक्स चारदिनपछि नेपाल भ्रमणमा आउँदैछिन् ।
ह्याण्डीक्याप इन्टरनेशनलकी सदभावना राजदूतको रुपमा कक्स नेपाल भ्रमणमा आउन लागेकी हुन । ह्याण्डीक्याप इन्टरनेशनलका अनुसार कक्सले भदौ १६ गतेदेखि २१ गतेसम्म नेपाल भ्रमण गर्न लागेकी हुन । कक्सलाई उघृत गर्दै हयाण्डक्याप इन्टरनेशनलले भनेको छ ‘समावेशी शिक्षाको प्रभाव र शारिरीक अस्वस्थ रहेकाहरुको बिश्वव्यापी अधिकारको महत्वका बारेमा आफना धारणाहरु राख्नेछु ।’