जुम्लाः पातरासी गाउँपालिका प्रमुख र उपप्रमुखले मनपरी रुपमा बजेट विनियोजन गरेको भन्दै स्थानीयले कार्यालयमा तालाबन्दी गरेका छन् । असमान तरिकाले मनलाग्दी बजेट विनियोजन गरेको भन्दै बजेट पुनरावलोकनको माग गर्दै स्थानीयले आइतबार साँझ गाउँपालिकाको कार्र्यालयमा अनिश्तिकालीन तालाबन्दी गरेका हुन् । एकसाताअघिदेखि विरोधमा उत्रिएका स्थानीयले आफूहरुको माग सम्बोधनका लागि गाउँपालिका अध्यक्ष लक्षिमन बोहोरा गम्भीर नदेखिएकोले विरोध गरी तालाबन्दीमा उत्रिनुपरेको स्थानीय अम्मर विष्टले बताए । ‘जनताको कामका लागि चुनिएका जनप्रतिनिधिहरुको नियत राम्रो देखिएन, गाउँविकास भन्दा पनि ठेकेदार मोट्याउने काममा बजेट छुट्याइएको छ,' उनले भने, ‘यो बजेटलाई पुनरावलोकन गरी समान रुपमा वितरण नभएसम्म ताला खुल्ने छैन । यदि प्रशासनले बल प्रयोग गरेमा गाउँको लागि हामी ज्यानसम्म पनि दिन तयर छौं ।'
‘गाउँपालिकाको भवन निमार्णका लागि दुई करोड भए पुग्छ,' ती सदस्यले भने, ‘तर हामीहरुको आग्रहलाई बेवास्ता गर्दै अध्यक्ष र उपाध्यक्षले दुर्गम ठाउँमा जनताको विकासका लागि आएको रकमबाट भवन निर्माणक लागि पाँच करोड छुट्याएका छन् ।' उनले गाउँकार्यसमितिका सदस्यहरुले राखेका सवालहरुलाई ध्यान नदिने भएकाले स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरु नै अनियमिताको सुरुवातीतर्फ उन्मुख भएको आरोप लगाए । नाराबाजी गर्दै स्थानीयले विनियोजन गरिएको बजेट खारेज गरी सबै वडाहरुलाई आवश्यकताका आधारमा बजेट पुनरावलोकन गर्न माग गरेका थिए । उनीहरुले पाँचसय मेगावाटको चुकेनी लघुजलविद्युत स्थानीयको घर उज्यालो बनाउन आवश्यक भएपनि त्यसतर्फ ध्यान नदिएको गुनासो गरेका छन् । एककरोड ३२ लाख रुपैयाँ विद्युत निर्माणका लागि आवश्यक भएपनि ५० लाख मात्रै छुट्याइएको उनीहरुको आरोप छ ।
असन्तुष्ट जनताहरुले बजेट पुनः विनियोजन गरी सबैको प्रतिनिधित्व नगराएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । अधिकांश विनियोजन गरिएका योजनाहरु ठेक्का मार्फत हुने र त्यहाँ अनियमितता हुने भएको भन्दै जनताको आवश्यकता पुरा गर्न माग गरेका छन् । स्थानीयले गाउँ कार्यसमितिको बैठक पुनः बसालेर पुरानो बजेट खारेज गरी सबै वडालाई पुग्ने गरी बजेट छुट्याउनुपने पातारासीबासीको माग छ ।
मन्त्रीहरुको सपथ चार बजेसाउन, काठमाडौं । मन्त्रिपरिषद बिस्तार बुधबार अपरान्ह चार बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा चार बजे नयाँ मन्त्रीहरुको सपथ ग्रहण कार्यक…Read More