श्रावण ११, २०७४- हिउँदभर गाडी चल्ने गोरखाका ग्रामीण सडक वर्षा लागेपछि सुनसानजस्तै हुन्छन्। जिल्लाका ग्रामीण भेगलाई सदरमुकामसँग जोड्ने सडकमा यतिखेर गाडी त परैजाओस्, मानिससमेत हिँड्डुल गर्न अप्ठेरो हुन्छ। नालासमेत नभएका अधिकांश कच्ची सडक हिउँदभर मर्मत हुन्छन्। गाडी चल्छन् पनि। जब वर्षायाम लाग्छ, कच्ची ग्रामीण सडक हिलाम्मे र खाल्डाखुल्डीमय हुन्छन् अनि गाडी नै चल्न नसक्ने बन्छन्।