किवि फलमा प्रसस्त मात्रामा भिटामीन ए, सी, के, ई तथा पोटासियम, फसफोरस, आइरन, म्याग्नेसियम तथा जिंक लुकेको हुन्छ । तसर्थ मानव स्वास्थलाई चाहिने संपुर्ण आवश्यक तत्वहरु किविमा पाइन्छ । यसका साथै यो फलले कपाल बलियो पार्न सहयोग गर्छ। तसर्थ यदि तपाईले आजभोली आफ्नो कपाल झर्ने गरेको अनुभव गर्नुभएको छ भने हामीले जानकारी गराउन लागेको यो दुई चिजबिजको मीश्रण प्रयोग गरेर आफ्नो कपाल झर्ने समस्याबाट छुटकारा पाउनुहोस् ।
आवश्यक चिजबिजहरु: – एउटा किवि फल – एक चम्चा उच्च कोटिको भोडका
तयार पार्ने बिधि:
किवि फललाई ताछ्नुहोस् र एउटा चम्चा तथा कांटाको सहायताले यसलाई मुछ्नुहोस् । अव यसमा भोडका मिसाउनुहोस् र मीश्रण लेदो नभए सम्म चलाउनुहोस् ।
प्रयोग गर्ने बिधि:
लेदोलाई बिस्तारै कपालमा दल्नुहोस् र केहीबेर सम्म मसाज गर्नुहोस् । कपाललाई पलास्टिकको झोला तथा टोपीले छोप्नुहोस् र लेदो सहितको कपालालाई करिव १५ मिनेट सम्म सुक्न दिनुहोस् । अव कपालालई मनतातो पानी सँगै नरम तथा उच्च कोटीको स्याम्पोले पखाल्नुहोस् ।
यो बिधि तपाईले हप्ताको एक वा दुई दिन अपनाउन सक्नुहुन्छ । अनि महिना दिनमा नै तपाईले राम्रो परिणाम प्राप्त गर्न सक्नुहुन्छ ।
आफ्नो कपालको स्वास्थ तथा रक्षाका लागि प्राक्रितिक घरेलु उत्पादन प्रयोग गर्नुहोस् । यो प्रक्रिया अपनाएको खण्डमा तपाईले आफ्नो कपाल बलियो तथा सुन्दर पाउनुहुनेछ जुन तपाईको सधैंको इच्छा रहिआएको छ ।
नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।