८ साउन । नेपालका सुरक्षा निकायमध्ये नेपाल प्रहरी र सशस्त्र प्रहरीको अबको नेतृत्व खनालद्वयले सम्हाल्ने देखिएको छ । आगामी चैतमा दुबै प्रहरी संगठनको नेतृत्वमा नेपाल प्रहरीतर्फ सर्वेन्द्र खनाल र सशस्त्रतर्फ शैलेन्द्र खनाल नेतृत्वमा आउने देखिएको हो । ३० वर्षे सेवाअवधि फेरबदल नभए र संगठनभित्र वरियता नउल्टिए नेपालमै पहिलो पटक दुईवटा प्रहरी संगठनको नेतृत्व खनालद्वयले सम्हाल्ने निश्चित छ ।
हाल एसएसपीबाट डीआईजीमा एक नम्बर वरियतामा बढुवा भएका सर्वेन्द्र खनालको आईजीपी बन्ने बाटो खुलेको छ । हालका आईजीपी प्रकाश अर्यालसँगै आगामी चैतमा एआईजीहरु पनि अवकाश पाउनेभएपछि खनाल डीआईजीबाटै सिधै आईजीपी बन्नेछन् । यद्यपी खनाललाई अर्का काबिल एसएसपी रमेश खरेल र पुष्कर कार्कीको चुनौति छ । त्यस्तै, सशस्त्रका एआईजी शैलेन्द्र खनाल वरियतामा अगाडी छन् । उनी हालका आईजीपी सिंहबहादुर श्रेष्ठले आगामी चैतमा अवकाश पाएपछि स्वभाविक दाबेदार हुन् । यद्यपी वर्तमान गृहमन्त्री जनार्दन शर्माले प्रहरी नियमावली संशोधन गरी ३० वर्षे सेवावधि संशोधन गरे खनालद्वयको यात्रा एआईजीमै विराम लाग्नेछ ।
NEPLEASE IN AMERICA
NEPLEASE IN AMERICA
A society is a number of people involved in persistent social interaction, or a massive social grouping sharing the …Read More
आठ वर्षपछि एक्सिस आठ वर्षपछि एक्सिस फाल्गुन १९, २०७३- तेह्र वर्षमा तीन वटा एल्बम । थोरै गाउँछ एक्सिस ब्यान्ड । गाएका लगभग सबै गीत चलेकै छन् । यसपालि आठ वर्षपछि तेस…Read More