‘बाइकको इन्जिनले हेलिकप्टर’ रुकुम महोत्सवमा विक र उनले बनाएको हेलिकप्टर हेर्नेको भीड

भिडियो सहित हेर्नुहोस !
Advertisement
‘बाइकको इन्जिनले हेलिकप्टर’ रुकुम महोत्सवमा विक र उनले बनाएको हेलिकप्टर हेर्नेको भीड

 कक्षा ८ मात्र अध्ययन गरेका विकले ३५ दिन लगाएर हेलिकप्टर निर्माण गरेका हुन् । होटलमा काम गर्दा समय बचाएर हेलिकप्टर निर्माण गरेको विकले बताए । ‘जिल्लामै ठूलो महोत्सव हुने भएपछि के गरेर देखाउने भन्ने भयो,’ विकले भने, ‘जिल्ला भित्र र बाहिरकालाई पनि अचम्म लाग्ने हेलिकप्टर नै होला भन्ने ठानेर यो बनाएको हुँ ।’ होन्डा साइन मोटरसाइलको इन्जिन राखेर उनले हेलिकप्टर तयार पारेका हुन् । हेलिकप्टर निर्माणमा १ लाख ८५ हजार रुपैयाँ खर्च भएको विकले बताए । स्थानीय गोविन्द बुढाले हेलिकप्टर निर्माण गर्दा लागेको सबै खर्च बेहोरिदिएका हुन् । हेलिकप्टर पेट्रोलको सहायताले उड्ने दाबी विकको छ । ‘मैले ५ फिटसम्म उडाएको हुँ,’ विकले दाबी गरे, ‘सुरक्षाकर्मीले त्यसरी अनुमतिबिना उडाउन नपाउने भनेपछि उडाएको छैन ।’
टाढैबाट देखेको भरमा हेलिकप्टर निर्माण गरेको उनको दाबी छ । ‘मैले टाढाबाट मात्र हेलिकप्टर देखेको छु, नजिकबाट हेर्ने मौका मिलेको छैन,’ विकले भने । ‘अलि पहिला ख्यालख्यालमै सानो हेलिकप्टर पनि उड्ने नै बनाएको थिएँ,’ विकले भने, ‘पहिलो बनाएका आधारमा यसपटक ठूलो आकारको बनाएको हुँ ।’ महोत्सव उद्घाटन गर्न आएका प्रधानमन्त्री पुष्पकमल दाहालले उनको प्रशंसा गरेका थिए । प्रधानमन्त्रीले नै राम्रो भनेपछि थप उत्साहित बनेको उनी बताउँछन् ।

Related Posts: