नागा बाबासँग जोडिएर तस्विर खिचाउन रुचाउने युवा बढ्दै गएका छन् । युवा पुस्ताले नागाबाबाको नाङ्गो दृश्यलाई खासै नराम्रो मान्दैनन् । तर पाका महिला भने नागाबाबाको नांगो दृश्यले असहज हुने गरेको बताउँछन् । आजको नागरिकमा खबर छ ।
‘यो धार्मिक स्थल भएकोले नांगै बस्नु उचित होइन । भगवानको दर्शन गर्न भनेर आएको मन्दिर परिसरमा नांगा मान्छे देखेपछि खल्लो महसुस हुनेरहेछ । परम्परा भएपनि नागाबाबाले गुप्ताङ छोप्नुपर्छ ।’ रामकला तिवारीले भनिन् ।
कोही महिला भने नांगो दृश्यले खासै अपठ्यारो नपर्ने बताउँछन् । ‘आफ्नै मान्छे नांगो बसेको पो असहज हुनु चिन्दै नचिनेको व्यक्ति भएकाले नांगो बसेका बाबाले कुनै नराम्रो गरेजस्तो लाग्दैन । नागाबाबा शिवरात्रीकै आकर्षक पनि हो ।’ राधिका लामिछानेले भनिन् । बाबाहरुको अभद्र व्यवहार भने उनलाई मन नपर्ने बताइन् ।
भरतपुरमा तत्काल मतगणना गरियोस : एमालेचितवन, जेठ १६ – चितवनको भरतपुर महानगरपालिकामा रोकिएको मतगणना तत्काल सुरु गर्न माग गर्दै नेकपा एमाले चितवनले धर्ना दिएको छ ।माओवादी केन्द्रका मतगणना प्…Read More