कञ्चनपुरको नेपाल–भारत सीमा क्षेत्रमा पर्ने महाकाली नदीमा ४ लेनको मोटरेबल पुल निर्माण प्रक्रिया सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको सडक सुधार आयोजनाले महाकाली नदीमा पुल निर्माणको काम सुरु गरेको हो । भारतीय एक्जिम बैंकको सहुलियत ऋणमा निर्माण हुने महाकाली पुल निर्माण योजना कार्यालयको मंगलबार भौतिक योजना तथा यातायात व्यवस्थामन्त्री रमेश लेखकले महेन्द्रनगरमा उदघाटन गरेका हुन् । पुलको मुख्य संरचना निर्माणसँगै पुलवारि र पारि ७ किलोमिटर एप्रोच सडक, नदी नियन्त्रण, ल्यान्ड स्केपिङ, वातावरणीय प्रभाव न्यूनीकरणलगायत सम्पूर्ण योजनाको लागत साढे ४ अर्ब रहेको छ ।
कञ्चनपुर सदरमुकाम क्षेत्रको भीमदत्त नगरपालिका र महाकालीपारि रहेको दोधारा र चाँदनी जोड्ने उक्त पुल १६ स्पानसहित ८ सय मिटर लम्बाइको हुने कार्यक्रममा सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीले जानकारी दिए । ‘तुरुन्तै निर्माण प्रक्रिया सुरु हुँदै छ,’ उनले भने, ‘योजनाको डीपीआर स्वीकृत भई निर्माण अनुगमन सेवाका लागि परामर्शदाताको छनोटका लागि प्रस्ताव आहवान भइसकेको छ ।’ उनले पुल निर्माण गर्ने निर्माण व्यवसायी छनोटका निम्ति तुरुन्तै ठेक्का सूचना प्रकाशन गर्न कागज पत्रको तयारी भइरहेको बताए । उक्त पुल नेपाल–भारतीय सीमामा रहेको करिब ९० वर्ष पुरानो शारदा ब्यारेजको पुरानो पुलभन्दा करिब साढे ५ किलोमिटर तल र दोधारा चाँदनी जोड्ने झोलुंगे पुलभन्दा अढाई किलोमिटर माथिको क्षेत्रमा निर्माण हुने गरी सर्भे भइसकेको छ । भविष्यमा पुलसँगै निर्माण हुने एप्रोच सडकको सुरु विन्दु तथा लक्ष्यित अन्तिम विन्दु देब्रेतर्फ पूर्व–पश्चिम राजमार्ग र दाहिने किनार भारतीय सीमा हुँदै भारतको राष्ट्रिय राजमार्गसम्म जोड्ने लक्ष्य रहेको पुल निर्माण आयोजनाका प्रमुख सुनीलबाबु पन्तले बताए ।
सुदूरवासीको सपना साकार हुँदै कार्यक्रममा मन्त्री रमेश लेखकले महाकाली नदीमा पुल निर्माणले कञ्चनपुरको मात्र नभई ७ नं. प्रदेश सुदूरपश्चिमसँगै समग्र मुलुकको आर्थिक विकासमा क्रान्तिकारी परिवर्तन हुने बताए । ‘पुल निर्माणले दोधारा, चाँदनी भारतसँगको पारवहन विन्दु बन्नेछ,’ मन्त्री लेखकले भने, ‘दोधारामा सुक्खा बन्दरगाह बनेपछि कञ्चनपुर वीरगन्ज र विराटनगर जस्तै पारवहन र व्यापारको केन्द्र बन्नेछ ।’
एक पराजित मेयरको बयान काठमाडौं महानगरका पराजित मेयर किशोर थापा भन्छन्, ‘राजनीतिमा अनुभव र विज्ञताभन्दा भावना, संवेग र ग्लेमर बढी बिक्ने चीज रहेछ भन्ने लागेको छ।’ जेष्ठ १७, …Read More
विद्यासुन्दरको सपथमा यस्ती देखीए रञ्जुकाठमाडौं महानगरपालिकाको मेयरमा तेस्रो बढी मत ल्याएकी रञ्जु दर्शना बुधबार पहिलोपटक साडी र ब्लाउज लगाएर सार्वजनिक कार्यक्रममा देखा परिन्। यो नवनिर्वाचित…Read More
‘मिलनसार क्याप्टेन’ जेष्ठ १७, २०७४- हुम्लास्थित सिमकोटका लागि सुर्खेतबाट उडेको सेनाको स्काई ट्रक (जहाज) बाजुराको कोल्टी विमानस्थलमा मंगलबार दुर्घटना हुँदा घटनास्थलमै मृत्…Read More