पत्रकार तिलक मल्लले ‘दुई करोड ठगी प्रकरणका मुख्य मतियार’ शीर्षकमा केही अनलाइन मिडियामा आएको समाचारको खण्डन गर्दै आरोपित पोखराका गोबिन्दप्रसाद तिवारीको ठगी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् । पत्रकार मल्लले शनिबार टोकियोमा पत्रकार सम्मेलन गर्दै उक्त ठगी प्रकरणमा आफ्नो समेत नाम जोडेर आफूलाई ‘इमोशनल ब्ल्याकमेलिङ’ गरी जबरजस्ती फसाउन खोजिएको आरोप लगाए ।
फरक सन्दर्भमा तिवारीसंग भएको लेनदेन कारोवार र तिवारीको ठगी धन्दा फरक फरक प्रसंग भएकोले एउटै घटनाकारुपमा नलिन उनले आग्रह गरे । आफूले मिलाउनुपर्ने हिसाब तिवारीले पीडितहरुलाई बुझाउन लगाएर आफूलाई झुक्याएको मल्लले पत्रकार सम्मेलनमा स्पष्ट पारे ।
जापान बस्दै आएका तिवारीलाई आकर्षक रोजगारीका लागि जापान ल्याउने प्रलोभन देखाएर करोडौको ठगी गरेको आरोप लागिरहेको छ ।
यसै बिषयलाई लिएर वास्तविक कुरा नबुझी केही अनलाईनले मिडिया आतंक मच्चाएको र सामाजिक सञ्जालमा आफ्नो चरित्र हत्या गरेकोले आफुमाथि ठूलो अन्याय भएको उनले बताए । मल्लले भने,’सत्य तथ्यको गहिराईमा पुग्दै नपुगी सटही र छिपछिपे बुझाईबाट धारणा बनाईहाल्ने सास्कारले समाजको कहिलै भलो गर्दैन ।’
पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष समेत रहेका मल्लले पीडितले न्याय पाउनुपर्ने र दोषीले हदैसम्मको सजाया पाउनुपर्नेमा जोड दिए । उनले भने, ‘जस्तोसुकै समस्या झेल्नुपरे पनि सत्य र न्यायको पक्षमा निर्भिक भएर उभिनेछु, अन्तमा सत्य साबित भएरै छोड्ने छ । तिवारीको ठगी धन्दामा संलग्नता रहेको स-प्रमाण दोषी करार गरियोस् तपाईहरुकै अगाडि सेरिएर मर्न तयार छु ।’
पत्रकार सम्मेलनमा तिवारीको ठगी धन्दामा कुनै संलग्नता नरहेको भन्ने तिवारी परिवारले गरेको लिखत कागज, सोही ब्यहोराको भिडियो क्लिप र तिवारीसंग भएगरेका हिसाबकिताबको फेहरिष्ट पनि मल्लले प्रस्तुत गरेका थिए ।
यसरी भयो चिनजान
सन् २०१६को फेब्रुअरीतिर पत्रकार मल्ल र आरोपित तिवारीबीच चिनजान भयो । त्यत्तिबेला मल्ल टोकियोको शिनओकुबो बस्थे भने तिवारी योकोहामा बस्दै आएका थिए ।
चिनजान राम्रो हुादै गएपछि भटघाट पनि बाक्लिादै गयो । अनि बिस्तारै मल्ल र तिवारीबीच लेनदेनको कारोबार पनि हुन थाल्यो । लगत्तै तिवारीले आफु लोक दोहोरको फ्यान भएको मल्ललार्य बताउछन् र टोकियो रोधि क्लबमा आफुले पनि शेयर हाल्ने कुरा राख्छन् । अनि मल्लले आफ्ना पार्टनरहरुसाग यस बिषयमा कुरा अगाडी बढाउँछन् ।
यता रोधि क्लवमा शेयर हालेपछि बिस्तारै मल्ललाई तिर्न पर्ने रकमको भार तिवारीमाथि थपिदै जान्छ । अनि तिवारीले मल्ललाई आफूहरुबीचको कारोबार नेपालमा मिलाउने भन्दै मल्लको आफन्तको बैङ्कको खाता माग्छन् । पछि मल्लले आफ्नो छोराको बैङ्क खाता दिन्छन् । यता तिवारीले भान्जा, मामा र आफ्ना आफन्तबाट रकम आउने भन्दै मल्ललाई आश्वासन दिन्छन् ।
तर अहिले आएर तिवारी ठगी प्रकरणबारे समाचार भाइरल भयो । अनि बल्ल थाहा हुन्छ मल्ललाई आफ्नो छोराको खातामा आएको रकम सबै पिडितको रहेछ ।
यसरी फिर्ता हुादै छ पीडितको रकम
तिवारीको निर्देशनमा एक वर्ष अगाडि पीडितहरुले पत्रकार मल्लका छोरा सुदर्शन मल्लको बैंक खातामा पैसा जम्मा गरेका थिए । जम्मा हुन आएको रकमको जबाफदेही तिवारी हुने भएकोले तिवारी परिवारबाटै उक्त रकम फिर्ता दिलाउन गरिएको लामो प्रयासबाट पहिलो किस्ता रकम नेपाल पठाईसकिएको मल्लले जानकारी दिए ।
रकम जम्मा गर्ने पक्ष र बैंकको खाता नंबर उपलब्ध गराउने पक्षबीच तत्कालिन अवस्थामा कुनै संवाद र सम्झौता नभएकोले दुवैपक्षको गलत बुझाइबाट बल्झिन आएको समस्यालाई सहमतिबाटै सल्टाउन भइरहेको प्रयास अनुसार पीडितहरुको रकम फिर्ता दिलाउन आफू लागिपरेको उनले बताए । उनले भने, ‘अबको केही दिनभित्र पीडितहरुले पहिलो किस्ता रकम फिर्ता पाउने छन् ।’
काम गर्दै किस्ताबन्दीमा तिर्दै जाने सर्तमा तिवारी परिवारले केही रकमको जोहो गरी नेपाल पठाएको र अरु पनि क्रमशः तिर्दै जान तिवारी परिवार तयार रहेको कुरा पत्रकार सम्मेलनमा मल्लले जानकारी दिए ।
गोविन्द तिवारीलाई जापान प्रहरीले कुनै पनि बेला नेपाल पठाउन सक्ने भएकोले जापानमै रहेका उनका श्रीमती, भाइ लगायतका परिवारका सदस्यहरुले काम गर्दै पीडितहरुको रकम क्रमशः फिर्ता गर्दै जाने भएका छन् ।
मल्ल र उनको छोराको कुनै दोष छैन : तिवारी
पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको एक भिडियो फुटेजमा आरोपित तिवारीले यस ठगी प्रकरणमा पत्रकार मल्ल र उनको छोरा सुदर्शन मल्लको कुनै संलग्नता रहेको बताएका छन् । उनले मल्लको छोराको खातामा पैसा जम्मा गर्न आफुले लगाएको पनि स्वकार्यका छन् ।
नेप्सेको जीएममा साउद नियुक्त२३ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धकमा चन्द्रसिंह साउद नियुक्त भएका छन् । साउदको कार्यकाल चार वर्षको लागि हुनेछ ।सोमवार विहान बसेको…Read More